२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आस्था राउतलाई ४ दिन हिरासतमा राखिने


झापा । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् । आस्थाको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

यसअघि, प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानुनभन्दा माथि कोही नभएको बताएकी थिइन् । राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसलाई लिएर उनले फेसबुक लाइभमा प्रहरी संगठनलाई गालीगलौज गरेपछि उनको चर्को आलोचना भयो । उनले सामाजिक सञ्जालबाटै माफी समेत मागेकी थिइन् ।
तर प्रहरीले भने अभद्र व्यवहारको मुद्दा चलाउने भन्दै जिल्ला प्रशासनबाट पक्राउ अनुमति लियो । त्यसपछि नागरिकसँग बदला लिन खोजेको भन्दै आलोचना भएपछि प्रहरीले परिवारले उपस्थित गराए पक्राउ नगर्न सकिने अभिव्यक्ति दियो । त्यसअनुसार सिक्किमबाट फर्किएपछि राउत आपैmँ महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भइन् ।
त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राउतले ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको बताइन् । उनले भनिन्, ‘कानुनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानुनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’ यो घटनाले आफूलाई संयमित हुनुपर्छ भन्ने पाठ सिकाएको समेत उनले बताइन् । प्रहरीले आफूलाई सौहादपूर्ण वातावरणमा आप्mनो कुरा राख्न दिएको समेत गायिका राउतले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer