२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अमेरिकामाथि नेपालको शानदार जित


कुशलको विश्व कीर्तिमान

झापा । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । शनिबार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो ऐतिहासिक ओडीआई जित हात पारेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिका अमेरिका ४४।१ ओभरमा १ सय ५५ रनमा अलआउट भएको छ ।

अमेरिका अलराउन्डर इयान होल्यान्डले १ सय ११ बलमा ७ चौका सर्वाधिक ७५ रनको योगदान दिए । एक समय नेपाललाई दबाबमा राखेका होल्यान्डलाई ४१ औं ओभरको चौथो बलमा करण केसीले कट विहान्ड निकाल्दै विनोद भण्डारीबाट क्याच गराएपछि नेपालको जित पक्का बनेको थियो ।

स्पिनर सन्दीप लामिछानेले दोेस्रो चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराए । एकबल पछि करणले जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए ।

चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबीडब्यू आउट गरेपछि अमेरिका १३र४ को कमजोर अवस्थामा पुगेको थियो । अमेरिका मध्यक्रम स्पिनर सुशन भारीले धरासय बनाए । सुशनले ११ औं ओभरको पहिलो बलमै अक्षय होमराजलाई विकेटकिपर विनोद भण्डारीबाट ५ रनमा क्याच गराउँदै फराकिलो जिततर्फ बढाए ।

सुशन भारीको १७ औं ओभरको चौथो बलमा करिमा गोर ठूलो सट खेल्ने क्रममा फ्रष्ट स्लिपमा रहेका पारसले एक हातले उत्कृष्ट क्याच लिदै १० रनमा पेभिलिएन फर्काएका छन् । २२ औं ओभरको पहिलो बलमा कुशलले एल्मोर हुचेन्सनलाई ३ रनमा बोल्ड आउट गर्दै आफ्नो ओडीआई पहिलो विकेट हात पारे ।

तल्लोक्रममा इयान होल्यान्ड र क्यामरन स्टिभेन्सनले आठौं विकेटका लागि ४९ रनको साझेदारी गर्दै अमेरिकालाई खेलमा फर्काउन खाजेका थिए । तर सुशनले क्यामरनलाई १९ रनमा विनोदबाट क्याच गराउदै नेपाललाई खेलमा फर्काए । रस्टी थेरन र सौरभ नेत्रवालकरले रन जोडे ।

स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २७ रन खर्चेर २ विकेट लिए ।तीब्र गतिका बलर करण केसीले ७।१ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए ।कुशल मल्लले ओभरमा १ मेडन राखेर रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल ४९।२ ओभरमा १ सय १९ रनमा अल आउट भएको थियो । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले महत्वपूर्ण अर्ध शतकीय इनिङ खेले । विनोद भण्डारी ७९ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५९ रनको महत्वपूर्ण योगदान दिए ।

विनोदले ६२ बलमा आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पुरा गरे । विनोदलाई रस्टी थेरनले विकेटकिपर अक्षय होमराजबाट क्याच गराए । डेब्यू खेलमा कुशलले ५० रनको कीर्तिमानी इनिङ खेले । ३६ औं ओभरको दोस्रो बलमा करिमा गोरको बलमा क्याच आउट हुनुअघि ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

यो सँगै कुशल ओडीआईमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै कान्छा खेलाडी बनेका छन् । कुशलले ४९ बलमा डेब्यू अर्ध शतक प्रहार गरेका थिए । यस अघि यस कीर्तिमान नेपालका रोहित कुमार पौडेललको नाममा थियो । उक्त कीर्तिमान रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा गत वर्ष यूएईसँगको दोस्रो वान डे खेलमा ५५ रन जोड्दै बनाएका थिए ।

जसक्रममा रोहितले भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर र पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोड्न सफल भएका थिए । संयोगनै मान्नुपर्छ आज रोहितकै स्थान लिएका कुशलले उक्त विश्व कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।

ओमानसँग शुन्यमा आउट हुन पुगेका रोहितको स्थानमा नेपालले कुशललाई मौका दिएको थियो । कुशलले ब्यक्तिगत ३८ रनमा जीवनदान पाएका थिए । एक समय ४९र५ को कमजोर अवस्थामा पुगेको नेपाललाई बलियो योगफल सम्म पुर्याउन छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको कीर्तिमानी साझेदारी गर्दै इनिङ उकासेका थिए ।

ओडीआईमा नेपालको उक्त साझेदारी उच्च हो । नेपालको सुरुवात भने खराब रह्यो । ओपनर सुवास खकुरेल रस्टी थेरनको चौथो ओभरको पहिलो बलमा स्लिपमा तिमिल पटेलबाट ३ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गरेका थिए । तर ज्ञानेन्द्र क्यामरन स्टिभेन्सनको १४ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरबाट २१ रनमा क्याच आउट भए । ज्ञानेन्द्रले ३९ बलमा ४ चौका प्रहार गरे ।

कप्तान सौरभ नेत्रवलकारको १७ औं ओभरको पहिलो बलमा उप कप्तान दीपेन्द्रसिंह ऐरी खराब शट खेल्दै मिड अफमा रहेका जेभियर मार्शलबाट क्याच हुँदै शून्यमा पेभिलिएन फर्के । १८ ओभरको अन्तिम बलमा पारसलाई क्यामरनले विकेटकिपर अक्षय होमराजबाट १९ रनमा क्याच गराएपछि नेपाल संकटमा परेको थियो । पारसले ५२ बलमा २ चौका प्रहार गरे ।

सौरभको २१ औं ओभरको पाँचौ बलमा आरिफ शेख ठूलो सट खेल्नेक्रममा वैकल्पिक फिल्डर नास्तुष केन्ज़ीगेले उत्कृष्ट एक हातले क्याच लिदै २ रनमा पेभिलिएन फर्किदा नेपाल ४९र५ को कमजोर अवस्थामा पुगेको थियो । करण केसी तल्लोक्रममा २१ बलमा २ चौका प्रहार गर्दै १२ रनमा क्याच आउट भए । सन्दीप लामिछाने ठूलोसट खेल्नेक्रममा शून्यमा क्याच आउट भए ।

तल्लोक्रमा सुशन भारी ११ र अभिनाश बोहराले ५ रन जोडे । अमेरिका क्यामरन स्टिभेन्सनले १० ओभरमा २ मेडन राख्दै ३० रन खर्चेर ३ विकेट लिए । कप्तान सौरभ नेत्रवलकारले १० ओभरमा २ मेडन राखेर २८ रन खर्चिदै २ विकेट लिए । रस्टी थेरन २, करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनको नाममा १र१ विकेट रह्यो । नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपालले आइतबार ओमानसँग खेल्ने छ । -हाम्रो खेलकुद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer