२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सागमा स्वर्ण जित्नेलाई एन्फाले जनही ५ लाख ५० हजार दिने


झापा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्ने यु २३ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
नौ महिनापछि आइतबार बसेको एन्फाको बैठकले सागको रजत पदक विजेता महिला टोलीका सदस्यलाई भने जनही १ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको १३ औँ सागमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । महिलतर्फ भने नेपाली टोली भारतसँग पराजित भएको थियो । सरकारले भने स्वर्ण पदक जित्ने फुटबल टोलीका सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने यसअघि नै घोषणा गरिसकेको छ ।

एन्फाले सहिद स्मारक बि र सि डिभजिन लिगको लागि तयारी र पुरस्कार राशीको पनि तय गरेको छ । बि डिभिजन टोलीलाई लिगको तयारीका लागि हरेक क्लबलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको एन्फाले विजेतालाई १५ लाख दोस्रोलाई ८, तेस्रोलाई ५ र चौथोलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । -हाम्रो खेलकुद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer