२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सताक्षी गोल्डकपको खेलतालिका सार्वजनिक


उद्घाटन खेलमा आयोजक र मनाङ भिड्ने

झापा । ‘सताक्षी गोल्डकप २०७६’ को उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले र मनाङ मस्र्याङ्दी क्लबको सामना गर्ने भएको छ । फागुन ४ गतेबाट हुने प्रतियोगिताको खेलतालिका आयोजकले सार्वजनिक गरेको छ ।
खेलतालिकाअनुसार दोस्रो दिन फागुन ५ गते थ्री स्टार क्लबविरुद्ध बेलबारी फुटबल क्लब मोरङ भिड्नेछ । तेस्रो दिन फागुन ६ गते त्रिभुवन आर्मी क्लब र भारत दार्जिलिङको एमएफसीबीच भिडन्त हुनेछ । चौथो दिन फागुन ७ गते मछिन्द्र फुटबल क्लब र गोर्खा ब्वाइज फुटबल क्लबबीच खेल हुनेछ ।
फागुन ८ गते पहिलो सेमिफाइनल खेल ४ र ५ गतेका विजेताबीच हुनेछ भने फागुन ९ गते दोस्रो सेमिफाइनल खेल ६ र ७ गतेका विजताबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन ११ गते हुनेछ ।
झापा झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिताको तयारी लगभग अनितम चरणमा पुगेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए । आयोजकले खेल मैदान सम्याउने र जस्ताको घेराबारा लगाउने काम सम्पन्न गरेको छ । अघिल्ला संस्करणभन्दा उत्कृष्ट र भव्य बनाउन दर्शक प्याराफिट पनि मजबुद र स्तरीय बनाइएको आयोजकले जनाएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।
प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दि सिरिजको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।
त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer