२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अमेरिका १२ ओभरमा अलआउट !


झापा । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई १२ ओभरमा अल आउट गर्दै विश्व कीर्तिमान रचेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ओभरमा १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटियो । यो ओडीआईको सर्वा्धिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो । अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन हो । नेपालबाट ओडिआइमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।
दोस्रो ओभरको अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले इयान होल्यान्डलाई शून्यमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । होल्यान्डलाई फस्ट स्लिपमा रहेका पारस खड्काले उत्कृष्ट क्याच लिँदै शून्यमा पेभिलिएनको बाटो देखाएका थिए । सन्दीपले विकेट मेडन राख्दै अमेरिकालाई थप दबाबमा राखे । सुशनले आप्mनो पहिलो बलमै मार्शललाई फस्ट स्लिपमा रहेका पारसबाट १६ रनमा क्याच गराए । सुशनले सातौँ ओभरको पहिलो बलमा मार्शललाई आउट गरेका थिए ।
आठौँ ओभरको दोस्रो बलमा सन्दीपले मोनन्क पटेललाई ४ रनमा बोल्ड आउट गरे । सन्दीपले यसै ओभरको पाँचौ बलमा निसरग पटेललाई २ रनमा बोल्ड आउट गरेपछि अमेरिका संकटमा परेको हो । नवौँ ओभरको तेस्रो बलमा सुशनले आरोन जोन्सलाई ४ रनम बोल्ड आउट गरे । सन्दीपले १० औँ ओभरको पाँचाँै बलमा तिमिल पटेललाई १ रनमा एलबिडब्लु आउट गरे ।
११ औँ ओभरको पहिलो बलमै सुशनले क्यामरन स्टिभेन्सनलाई १ रनमा बोल्ड आउट गरे । भारीले अन्तिम बलमा रस्टी थेरनलाई शून्यमा एलबिडब्यु आउट गरे । सन्दीपले १२ औँ ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसबाट ४ रनमा क्याच गराउँदै आप्mनो ओडिआइ करिअरमा पहिलोपटक पाँच विकेट पूरा गरे । उनी ओडिआइमा नेपालबाट पाँच विकेट पुरा गर्ने दोस्रो खेलाडी हुन् । यसअघि युएइसँगको दोस्रो एक दिवसीय खेलमा सोमपाल कामीले लिएका थिए । – हाम्रो खेलकुद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer