२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मच्छिन्द्र बन्यो लिग विजेता


टिम मच्छिन्द्र । तस्वीर : खेलपाटी

झापा । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको लिगको फाइनल शंज्ञा पाएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र लिग विजेता बनेको हो । जितसँगै मच्छिन्द्रले ५० लाख रुपैयाँ प्राप्त गरेको छ ।
खेलको नवौँ मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाए । १३ औँ मिनेटमा कप्तान भरत खवासको कर्नरमा विकास खवासको हेडर बाहिरियो । २० औँ मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार फितलो बन्यो । २२ औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा कप्तान भरत खवासको हेडर डिफ्लेक्ट हुँदै बाहिरियो ।
३३ औँ मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो । बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाइते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो । खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।
शनिबारको खेलमा आर्मीले उपाधि जित्न बराबरी मात्र गरे पुग्ने थियो । मच्छिन्द्रलाई जित्नैपर्ने दबाब थियो । १२ खेलको समाप्तिमा आर्मीको २९ अंक पुगेको थियो भने मच्छिन्द्रको २८ अंक थियो । १२ खेलमा समान ९ जित, २ बराबर र १ हार भए पनि मच्छिन्द्र १ अंकले पछि थियो । गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मच्छिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer