२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मनाङमाथि आयोजकको जित


बिर्तामोड, फागुन ४ । सताक्षी गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । पाहुना टोली मनाङ मस्र्याङ्दीविरुद्व १–० को जित निकाल्दै घरेलु मैदानमा आयोजकले विजय यात्रा तय गरेको हो ।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको उद्घाटन खेलमा आयोजकले लिगको तेस्रो स्थानमा रहेको ए डिभिजन क्लब मनाङलाई हराएको हो । खेलको ५० औँ मिनेटमा आयोजक टिमका मनिष थापाले पहिलो गर्दै खेलमा खाता खोलेका थिए । आशिष राईको क्रस पासलाई थापाले बललाई जाली चुमाएका थिए । यसअघि खेलको १९ औँ मिनेटमा आयोजककै थापाको प्रहार बाहिरिएको थियो ।

२२ औँ मिनेटमा आयोजकका गोलकिप्पर मनोज प्रधानले विपक्षीको हेडर उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा मनाङको प्रहार विपक्षी गोल किप्परबाट फुस्किए पनि मनिष थापाले हेडरमार्फत सुन्दर बचाउ गरे ।

खेलको ३८ औँ मिनेटमा मनाङका सुशील लामाको प्रहार आकाशिएको थियो । उनले २३ औँ मिनेटमा निशान लिम्बूलाई विस्थापित गरेर मैदान प्रवेश गरेका थिए । ४० औँ मिनेटमा मनाङका क्याप्टन कमल श्रेष्ठको फ्रिकिक प्रहार ब्लक भएर बाहिरिएको थियो । त्यस्तै, मनाङका अञ्जन विष्टको क्रस प्रहार आयोजकका क्याप्टेन सजित राईले क्लियर गरिदिएका थिए । खेलको ७० औँ मिनेटमा विष्टले डि एरिया नजिकबाट गरेको फ्रिकिक प्रहार पनि पोस्टनजिक बाट बाहिरिएको थियो । खेलको म्यान अफ दि म्याच गोलकर्ता मनिष थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङको एमएफसीले सहभागिता जनाउने तामाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । आर्थिक संयोजक इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।
त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

गोल्डकपको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले एक कार्यक्रमका बीच गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer