२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सताक्षी गोल्डकप : आर्मी सेमिफाइनलमा


झिलझिल, फागुन ६ । त्रिभुवन आर्मी क्लब कठिन जित निकाल्दै झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ अन्तरले स्तब्ध पार्दै आर्मीले बाजी मारेको हो । आर्मीका टेकबहादुर बुढाथोकीको दुई गोल मद्दतमा आर्मी अन्तिम चारमा प्रवेश गरेको छ । यसअघि खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै बुढाथोकीले टिमलाई अग्रता दिलाएका थिए ।
आर्मीको पहिलो हाफको अग्रतालाई रोक्दै मानेभञ्ज्याङले खेलको ४७ औँ मिनेटमा गोल गर्दै पुनरावगन गर्यो । मानेभञ्ज्याङका रैकेत बुअमले प्रहार गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएको थियो । उनको प्रहारले सिधै जाली चुमेको थियो । उनको गोलसँगै मानेभञ्ज्याङ बराबरी आयो । तर, थप समयको अन्तिम मिनेटमा बुढाथोकीले दोस्रो गोल गर्दै आर्मीको जित निश्चित बनाए ।
खेलको म्यान अफ दि आर्मीका सेसेहाङ आङ्दाम्बे घोषित भए । उने नगद १० हजार रुपैयाँ प्राप्त गरे । सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer