२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मच्छिन्द्र र आर्मीको भेट पक्का


झिलझिले, फागुन ७ । गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ गोल अन्तरले पराजित गर्दै सानमिगल मच्छिन्द्र क्लब झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मछिन्द्रले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब उसले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मीको सामना गर्नेछ । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको खेलमा ए डिभिजन लिग विजेता मच्छिन्द्रले गोल्डकपमा सुखद् सुरुवात गरेको हो ।

खेलमा सुरुवाती अग्रता गोर्खा ब्वाइजले लिए पनि जित निकाल्न भने सकेन । खेलको १६ औँ मिनेटमा गोर्खा ब्वाइजका काजिमले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले ओलाकेजीको पासलाई गोलमा परिणत गरेका थिए ।

मच्छिन्द्रले खेलको २५ औँ मिनेटमा खेललाई बराबरीमा फर्कायो । रञ्जित धिमालले गरेको कर्नर प्रहारलाई विदेशी खेलाडी आन्द्रेस निअले गोलमा परिणत गरिदिए । त्यस्तै, खेलको ३३ औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनाए । सरोज योञ्जनको हातमा बलले छुँदा पाएको पेनाल्टीलाई मच्छिन्द्रका विमल घर्ती मगरले गोलमा परिणत गरे । खेलमा दुवै टिमले गरको केही उत्कृष्ट प्रहार खेर गएका थिए ।

पहिलो हाफको सुरुवाती सयममा मच्छिन्द्रका विशाल राई ‘ए’ ले गरेको प्रहार फितलो हुँदा गोलमा परिणत हुन सकेन । खेलको २१ औँ मिनेटमा मच्छिन्द्रका विराज महर्जनको प्रहार गोल किप्पर सोजित गुरुङले सहजै बचाएका थिए । २४ औँ मिनेटमा गोर्खा ब्वाइजका ओलाकेजीको प्रहार बार नजिकैबाट बाहिएिको थियो भने ३९ औँ मिनेटमा काजिमको प्रहार फितला रह्यो ।

७६ औँ मिनेटमा गोर्खा ब्वाइजको प्रहारलाई मच्छिन्द्रका विदेशी खेलाडी एडेलाजिया सोमिडेले हेडमार्फत उत्कृष्ट बचाउ गरे । बुधबारको खेलमा मछिन्द्रका विमल घर्तीमगर म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बिहीबारबाट सेमिफाइनलका खेलहरु हुनेछ । सेमिफाइनलको पहिलो खेल आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापा र थ्री स्टार क्लबबीच हुनेछ । क्वार्टर फाइनलमा आयोजकले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको हो भने थ्री स्टारले बेलबारी फुटबल क्लब मोरङलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer