२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मच्छिन्द्रका झापाली खेलाडीलाई झापा गोल्डकपको नगद सम्मान


बिर्तामोड, फागुन ९ । झापा गोल्डकप आयोजक समितिले मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडी र प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
झापाको झिलझिलेमा जारी सताक्षी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा शुक्रबार झापा गोल्डकपले उनीहरुलाई नगद पुरस्कार प्रदान गरेको हो ।
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रका झापाली खेलाडी र प्रशिक्षकलाई झापा गोल्डकप हौशला प्रदान गर्न पुरस्कृत गरिएको अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।
मच्छिन्द्रबाट खेल्ने छजना खेलाडी झापाका छन् । उनीहरुमध्ये केही झापा ११ फुटबल क्लबका सदस्य पनि हुन् । यो वर्ष लिगमा मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई हराउँदै इतिहास रचेको थियो । मच्छिन्द्रले पहिलोपटक लिगको उपाधि उचालेको हो ।
अध्यक्ष गिरीका अनुसार मच्छिन्द्रका प्रशिक्षक झापाका प्रवेश कटवालसहित खेलाडीहरु विशाल राई बी र योगेश गुरुङ मिल्डफिल्ड, देवेन्द्र तामाङ र विमानप्रसाद राई डिफेन्स, रेजिन सुब्बा र विशाल राई ए फरवार्डलाई पुरस्कृत गरिएको हो । प्रशिक्षक कटवाललाई नगद २५ हजार रुपैयाँ र खलाडीलाई नगद १५ हजार रुपैयाँका दर पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer