२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

साना उद्योगमा कामदार अभाव


बिर्तामोड । कच्चा पदार्थ तथा दक्ष कामदारको अभावका कारण साना उद्योग बन्द हुने अवस्था रहेको झापाका फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुले बताएका छन् ।
फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुको हकहितका लागि गठन भएको फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाको छैटाँै वार्षिक साधारणसभामा उपस्थित व्यवसायीहरुले उक्त कुरा बताएका हुन् । खुला सिमानाका कारण भारतीय फर्निचरले नेपालमा उत्पादित फर्निचरका सामानलाई विस्थापित गर्ने अवस्था आएको व्यवसायीहरुले टिप्पणी गरेका छन् ।
युवाहरुलाई आवश्यक तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने संघका अध्यक्ष चन्द्रप्रसाद गिरीले बताएका छन् । उद्योगी व्यवसायीले राज्यको व्यवस्थाअनुसार कानुनको मापदण्डमा रहेर काम गर्नु पर्नेमा अध्यक्ष गिरीले जोड दिए । उनले बाह्य हस्तक्षेप र अवैधानिक रुपमा काम नगर्न सबै व्यवसायीलाई सुझाव दिए । ‘उद्योगी व्यवसायीहरुको हित युवा स्वरोजगारको दिगो व्यवस्थापन’ भन्ने नाराका साथ शनिबार कनकाई नगरपालिकास्थित धनुषकोटीमा साधारणसभा सम्पन्न भएको थियो ।
संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत संघका सचिव दिनेश सुवेदीले गरेको कार्यक्रममा संघका बिर्तामोड अध्यक्ष गोपाल खनाल, भद्रपुर अध्यक्ष शत्रुधन चौधरी, दमक अध्यक्ष युवराज पाठक, गौरादह अध्यक्ष कृष्ण शर्मा, बिर्तामोडका डिएसपी मुकुन्द रिजाल, घरेलु तथा साना उद्योग झापाका प्रमुख छविलाल खतिवडा, संघका संस्थापक अध्यक्ष टेकबहादुर खजुम, केन्द्रीय सदस्य भगिरथ लुइँटेल, खगेन्द्र खरेल, केन्द्रीय सचिव राजकुमार दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष टेकबहादुर खजुम, केन्द्रीय सदस्य भगिरथ लुइँटेललाई सम्मान गरिएको थियो भने कार्यसमितिलाई निर्वाचन समितिका उद्धव पुरी तथा कार्यक्रमका प्रमुख अतिथि घिमिरेले प्रमाणपत्र वितरण गरेको थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer