२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

सुखानी गोल्डकप फागुन २१ बाट


बिर्तामोड । यो वर्षको सुखानी सहिद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अर्जुनधारा ९ खरबन्दीको नमुना खेल मैदानमा हुनेछ ।

फागुन २१ गते सुरु भएर फागुन ३० गते सम्पन्न हुने प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगर खेलकुद विकास समितिले इलाम जिल्ला फुटबल संघको सामना गर्नेछ । त्यस्तै, दोस्रो दिन फागुन २२ गते पारिजात महिला फुटबल क्लबका विरुद्ध पाँचथर जिल्ला फुटबल संघ भिड्नेछ ।
तेस्रो दिन फागुन २३ गते भने २१ गतेको विजेतासँग बसाह क्लब उदयपुरले सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । चौथो दिन फागुन २४ गते भने फागुन २२ गतेको विजयी टिमसँग धनकुटा जिल्ला फुटबल संघले सेमिफाइनल यात्राका लागि प्रतिस्पर्धा गर्नेछ ।

फागुन २५ गतेको खेल लेटाङ फुटबल क्लब र म्याङलुङ नगर खेलकुद विकास समितिका बीच हुनेछ । फागुन २६ गते भने माउन्ट एभरेस्ट स्पार्टिङ क्लब सुनसरी र कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङबीच भिडन्त हुनेछ । विजयी टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको आयोजना रहेको प्रतियोगिताको फाइनल खेल फागुन ३० गते हुनेछ । गोल्डकपमा जिल्ला फुटबल संघ झापाको प्राविधिक सहयोग रहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख २५ हजार, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद ७५ हजार ट्रफी र मेडल पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer