२०८१ चैत्र २८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा बहुसांस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव हुने


बिर्तामोड । ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसन नेपालको आयोजनामा यही फागुन २३ गतेदेखि तीन दिने बहुसांस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव हुने भएको छ ।

झापाको कनकाई नदीमा गंगा आरती गरेर बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृति महोत्सवको सुरुवात गर्न लागिएको हो । गंगा आरतीसँगै फागुन २४ र २५ गते बिर्तामोडमा धार्मिक पर्यटन महोत्सव मनाउन लागिएको छ । सोही दिनदेखि आरतीलाई निरन्तरता दिइने जनाइएको छ ।
आयोजक संस्था ग्लोबल मल्टिकल्चरलका अध्यक्ष एलपी बुढाथोकीका अनुसार सबै जातजाति, भाषाभाषी, धर्ममानुरागीहरुको सहभागिता गंगा आरती गरिनेछ । ‘यो कुनै एक जात वा धर्मसँग सम्बन्धित कार्यक्रम होइन’, उनले भने, ‘मुलुकमा रहेका सबै नदी नालाहरुको संरक्षण र सम्मान गर्न कार्यक्रम गर्न लागेका हौँ ।’

गंगा आरतीमा विभिन्न जातजातिका धर्मगुरुसहित करिब ५ हजार भक्तजनको सहभागिता रहने आयोजकको अनुमान छ । फागुन २४ र २५ गते हुने बहुधार्मिक महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका व्यक्तित्वलाई सम्मान गरिने भएको छ ।

त्यस्तै, मल्टिट्यालेन्ट, ज्येष्ठ नागरिक (१०० वर्षमाथिका) वरिष्ठ गायक, साहित्यकार, वाद्यवादन, नाट्यकर्मी, पर्यटन, सामाजिक व्यक्तित्वलाई समेत सम्मान गरिने आयोजक समितिका संयोजक कुमार भट्टराईले जानकारी दिए । महोत्सवमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई राष्ट्रिय प्रतिभा पुरस्कार, गायक प्रितम आर्चाय र गायिका मेनुका पौडेललाई अन्तर्राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिनेछ ।

महोत्सव सफल पार्न बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा महोत्सव आयोजक मुल समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा ध्रुवप्रसाद शिवाकोटी, सचिव माधव कल्पित, सहसचिव कञ्चना ढकाल (सिटौला) र गोपाल खनाल रहेका छन् ।

सदस्यहरुमा उमा शिवाकोटी, शंकर भट्टराई, सजेश शिवाकोटी, नारायण चिमरिया, राजु न्यौपाने, बलराम कार्की, सुवास भट्टराई, घनश्याम चौधरी, देवी गिरी, लक्ष्मी गौतम, पदम प्रसाईं, मिजास पोखरेल, सुष्मा पौडेल, गजेन्द्र पौडेल, राजकुमार साह र देवीभक्त श्रेष्ठ रहेका छन् । तस्वीर : पूर्वाञ्चलडेली

Adv footer