२०८१ चैत्र २८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पाण्डेको फोटो, पवनको चित्र प्रदर्शनी


बिर्तामोड । पूर्वाञ्चल दैनिकको रजत महोत्सवको अवसर पारेर पूर्वाञ्चल दैनिकका फोटो पत्रकार विनोद पाण्डेको एकल फोटो प्रदर्शनी सम्पन्न भएको छ ।

बिर्तामोडको अतिथि सदनमा भएको फोटो प्रदर्शनीको शुभारम्भ प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले गरेका थिए । मानिसका जीवनशैलीसँग सम्बन्धित विषयवस्तुलाई तस्वीरको माध्यमद्वारा उजागर गर्ने उद्देश्यले एकल फोटो प्रदर्शनी गरिएको फोटो पत्रकार विनोद पाण्डेले बताए ।

नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष समेत रहेका पाण्डेले देशका हिमालदेखि तराईसम्मका मानिसले दैनिक जीवनमा भोगिरहेका भोगाइ, जीवनयापनका लागि गरिएका संघर्ष लगायतका विषयलाई जोडेर जीवनशैली शीर्षकमा २५ वटा फोटोहरु प्रदर्शनी गरिएको जानकारी दिए ।

कार्यक्रममा व्यङ्ग्य चित्रकार राजवंशी पवन ‘ऽ’ को एकल व्यङ्ग्य चित्र प्रदर्शनी गरिएको थियो । उनका मानवीय दिनदैनिकीको भोगाइ तथा सामाजिक र राजनीतिप्रति गरिएको तिखो व्यङ्ग्य चित्रहरु रुचाइएका थिए ।

Adv footer