२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अब तीन महिनासम्म हावाहुरी र चट्याङको डर


झापा । प्रिमनसुन सुरु भएको छ । मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ ।

प्रिमनसुनमा मेघगर्जनसहित वर्षा हुने मौसमविद् मिनकुमार अर्यालले बताए । उनका अनुसार मार्च, अप्रिल र मे महिनामा मेघगर्जनसहित वर्षा हुनुका साथै हावाहुरी चल्छ । प्रिमनसुनमा स्थानीय वायुको प्रभाव बढ्दै जाने जान्छ ।

स्थानीय वायुको प्रभावका कारण यो समयमा एक ठाउँमा पानी परे पनि नजिकै पानी नपर्न पनि सक्ने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । प्रिमनसुनमा दिनभर घाम लाग्ने र दिउँसो पछि पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा हुने उनले बताए ।

प्रिमनसुनको समयमा आगलागीका घटना पनि बढ्ने हुँदा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।
यसपालिको हिउँदमा पर्याप्त पानी परेको छ । मौसमविद्का अनुसार पोहोर परार हिउँदको अन्त्यतिर मात्रै वर्षा हुन्थ्यो भने यसपालि हिउँद लागेदेखि नै वर्षा भइरहेको छ । यो वर्षाले फलफूल र कृषिबालीलाई फाइदा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer