२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गोल्डकपको अध्यक्षमा विनोद बस्नेत


बिर्तामोड, फागुन २० । झापा गोल्डकपको अध्यक्षमा युवा व्यवसायी विनोद बस्नेत चयन भएका छन् । मंगलबार बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष थिए ।

निर्वाचन समितिका संयोजक केशव भट्टराईका अनुसार १५ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा बलराम कार्की, उपाध्यक्षमा सुवास भट्टराई, सचिवमा गजेन्द्र पौडेल, सहसचिवमा चेतामणि खनाल र कोषाध्यक्षमा कदार गिरी चयन भएका छन् । कार्की यसअघि वरिष्ठ उपाध्यक्षमा नै थिए भने गिरी झापा गोल्डकप स्थापनादेखि नै कोषाध्यक्षमा रहँदै आएका छन् । पौडेल र खनाल यसअघि सोही पदमा थिए ।

समितिका सदस्यहरुमा केशवराज दाहाल, सजेश शिवाकोटी, किरण थापा, यादव पोखरेल, सञ्जीव घिमिरे, विष्णुप्रसाद सिग्देल, चन्द्रमणि कट्टेल र दिपेश ढकाल चयन भएक छन् । निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी विधानतः कार्यसमिति सदस्य हुनेछन् । गोल्डकपको संरक्षकमा जलकुमार गुरुङ र होम पाण्डे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer