२०८२ जेठ १८ आइतबार
Jhapa Today
Adv top

कोरोना प्रकोप : झापा प्रशासनले गरायो सचेत


बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले होली पर्वप्रति नागरिकलाई सजग गराएको छ ।

जरुरी सूचना निकालर कार्यालयले आउँदो होली पर्वलाई लक्षित गरी पानीमा नभिज्न, अबिर र लोला हान्ने कार्य नगर्न र एकै ठाउँ भीड नगर्न सुझाव दिएको छ । त्यस्तै, जिल्लामा धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी, महोत्सवजस्ता कार्यक्रम नगर्न, शैक्षिक संस्थाहरुलाई धेरै मानिस भेला भएर गरिने वार्षिकोत्सवलगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, मेला महात्सव तथा अत्यधिक मानिस भेला हुने कार्यक्रम आयोजना नगर्न सूचना जारी गरिसकेको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । प्रशासनले कोरोना भाइरसको जोखिमबाट जोगिन नियमित रुपमा साबुन पानीले हात धुन, अनावश्यक भीडमा नजान र खोक्दा, हाछ्यँु गर्दा मुख छोप्न अनुरोध गरेको छ ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल