२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

केसिसी ओपन चेस टुर्नामेन्ट : छ खेलाडी शीर्ष स्थानमा


काँकरभिट्टा । झापाको काँकरभिट्टामा भइरहेको पिबी मेमोरियल केसिसी इन्टरनेसनल ओपन चेस टुर्नामेन्ट २०२० को चौथो चरणको खेल सम्पन्न हुँदा भारतका पाँचसहित छ खेलाडी ४ अंकसहित शीर्ष स्थानमा छन् ।
प्रतियोगिताको दोस्रो उच्च रेटेड खेलाडी भारतका हरिश शर्मा, राकेश गुरुङ, रिषभ निशाद, किरण साई, सम्राट घोराई र नेपालका कृष्ण थापा शीर्ष स्थान बनायन सफल भए । उत्कृष्ट प्रदर्शन गरिहेका हरिशले चौथो चरणको खेलमा पूर्वनेपाल च्याम्पियन नविन तण्डुकारलाई पराजित गरे । उनले तेस्रो चरणको खेलमा भारतका हिलाल मण्डललाई स्तब्ध बनाए ।
राकेशले तेस्रो चरणको खेलमा पाँचथरका महेन्द्र साम्बाहाम्फेलाई र चौथो चरणमा भारतकै प्रशान्त कटियारलाई पन्छाएका थिए भने रिषभले तेस्रो र चौथो चरणको खेलमा नेपाल च्याम्पियन सुरवीर लामा र झापाका सुमन श्रेष्ठलाई हराए ।
चौथो चरणका खेलमा भारतका रोहन चौधरीमाथि जीत हात पारेका किरणले तेस्रो चरणको खेलमा महेन्द्र शाहमाथि सफलता हात पारे । सम्राटले तेस्रो र चौथो चरणको खेलमा झापाका प्रेम लिम्बू र भारतका सम्यक दासलाई पराजित गरे ।
नेपालमा सम्पन्न भएको एसियन एमेच्योर विजेता खेलाडी कृष्णले तेस्रो चरणको खेलमा भारतका विकास आनन्दलाई पराजित गरेका थिए भने चौथो चरणको खेलमा हरिचन्द्र चौलागार्इंमाथि जीत निकाले ।
नेपालका सुमित पन्त, युवराज पौडेल र भारतका अंकित दास ३.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् । सुमितले तेस्रो चरणको खेलमा भारतका आकाश तिवारीलाई हराएका थिए भने चौथो चरणको खेलमा युवराज पौडेलसँग बराबरी खेली अंक बाँडे । उदयीमान खेलाडी युवराजले तेस्रो चरणको खेलमा रामशंकर राईमाथि सहज जीत हात पारे ।
नाइट चेस क्लब काँकरभिट्टा झापाको आयोजनामा जारी प्रतियोगितामा प्रकाश नेपाल, क्रिस केडिया, राघव श्रीवास्तव, राज लिम्बू, विकास निसाद, नविन तण्डुकार, विकास मैनाली, राजन सुवेदी, सुमन राई, ज्वाला लिम्बू, लोकसागर साम्बा, उमेश राई र प्रेम लिम्बू ३ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer