२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

केसिसी ओपन चेस टुर्नामेन्टमा भारतीय खेलाडीको दबदबा


काँकरभिट्टा । झापाको काँकरभिट्टामा भइरहेको पिबी मेमोरियल केसिसी इन्टरनेसनल ओपन चेस टुर्नामेन्ट २०२० को शुक्रबार सम्पन्न खेलमा भारतीय खेलाडी हरिश शर्माले अग्रता लिएका छन् ।

शर्माले छैटौँ र सातौँ चरणको खेलमा सफलता हात पारी पूर्ण ७ अंकसहित एकल अग्रता लिएका हुन् । उनी प्रतियोगिताको दोस्रो वरियताका २०९५ रेटेड भारतीय हुन् । उनले छैटौँ चरणको खेलमा मकवानपुरका कृष्ण थापामाथि कठिन जीत निकाले । निकै आक्रमक देखिएका हरिशले सेतो गोटी लिएर खेलको नवौँ चालमा घोडा बलिदान दिएर ४२ औँ चालमा खेल आफ्नो पक्षमा पारे भने सातौँ चरणमा भारतका सम्राट गोयलमाथि रोमाञ्चक जीत हात पारे ।

नेपालका सुमित पन्त र कृष्ण थापाले ६ अंक हात पारी हरिशलाई पछ्याइरहेका छन् । उत्कृष्ट लयमा देखिएका सुमितले दुवै खेलमा सफलता हात पार्ने क्रममा भारतका विकास निशादलाई छैटौँ चरणको खेलमा ३६ औँ चालमा हराउन सफल भए भने सातौँ चरणमा आक्रमक रुपमा प्रस्तुत हुँदै विपक्षी खेलाडी भारतकै सरकार नन्दनलाई २७ औँ चालमा खेल त्याग्न बाध्य बनाए । मिश्रित खेल प्रदर्शन गरेका एसियन एमेच्योर विजेता खेलाडी कृष्णले सातौँ चरणको खेलमा उदयीमान खेलाडी युवराज पौडेललाई पराजित गरे ।

६ अंक प्राप्त गर्ने अन्य खेलाडीहरुमा भारतका राकेश गुरुङ, रिसभ निसाद रहेका छन् । छैटौँ चरणको खेलमा राकेशले विकास मैनाली र सातौँ चरणको खेलमा राघव श्रीवास्तवलाई निरास बनाए । त्यस्तै, दुवै खेलमा सफलता हात पारेका रिशभले छैटौँ र सातौँ चरणको खेलमा उमेश शाह र क्रिस केडियामाथि बाजी मारे ।

नाइट चेस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा भारतका सम्राट गोयल, कुमार गौरभले ५.५ अंक जोडेका छन् भने झापाका प्रकाश नेपाल, युवराज पौडेल भोजपुरका सुमन राई, प्रकाश तामाङ, सुमन श्रेष्ठ भारतका सरकार नन्दन र राघव श्रीवास्तवले ५ अंक हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer