२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई


इलाम । यो वर्षको लिग विजेता टोली मच्छिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै मच्छिन्द्रले पहिलोपटक माइभ्यालीको उपाधि जितेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा मिडफिल्डर आन्द्रेस नियाले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । त्यही गोल जितमा लागि पर्याप्त रह्यो । उपाधिसँगै मच्छिन्द्रले आठ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता माइभ्यालीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

ठुलो टुँडिखेलमा सम्पन्न फाइनल खेलको पहिलो हाफ निकै प्रतिपर्धात्मक रह्यो । दुवै टोलीले पाएका केही अवसर गुमाउँदा दुवै टोलीले अग्रता लिन सकेनन् । खेलको १२ औँ मिनेटमा माइभ्यालीका कप्तान छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए । २२ औँ मिनेटमा मच्छिन्द्रका रेजिन सुब्बाको प्रहार आकासियो । ४३ औँ मिनेटमा मच्छिन्द्रका विमलले गोलको अवसर गुमाए ।

ए डिभिजन लिगको उपाधिपछि झापामा सताक्षी गोल्डकप जितेको मच्छिन्द्रले माइभ्यालीको सेमिफाइनलमा भारतको मानेभञ्जाङ फुटबल क्लबलाई हराएको थियो । आयोजक माइभ्यालीले भने लिगको दोस्रो टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer