२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

धनकुटा सेमिफाइनलमा


बिर्तामोड । टाइब्रेकरमा पारिजात महिला फुटबल क्लब झापालाई पाखा लगाउँदै धनकुटा जिल्ला फुटबल संघ यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाहुना टोली धनकुटाले ४–३ गोलअन्तरमा पराजित गर्दै धनकुटाले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।

निर्धारित ७० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा धनकुटाकी असारा दाहाल, अन्जना थुलुङ, सुशीला चौधरी र सुस्मिता राई गोल गर्न सफल भइन् ।

पारिजातकी सुस्मिता लेप्चा, निलु तिर्की र रिमा तामाङले मात्र गोल गरिन् । बद्लिँदो मौसमका कारण झरीमाझ खेलाडीले प्रतिस्पर्धा गर्न बाध्य थिए ।

खेलको वुमन अफ दि म्याच पारिजातकी रिमा तामाङ घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

आइतबार लेटाङ फुटबल क्लब मोरङले म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमसँग तेस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।

गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer