२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ब्याडमिन्टनको फाइनलमा चार टिम


बिर्तामोड । झापाको बिर्तामोडमा जारी जिल्लास्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगितामा चार टिम फाइनलमा प्रवेश गरेका छन् ।

लायन्स क्लब अफ अनारमनीको आयोजनामा भएको जिल्लास्तरीय प्रतियोगिताको खुलातर्फ प्रमिससिंह ठकुरी, महेन्द्र श्रेष्ठ र सुदेन राई तथा प्रकाश राई फाइनलमा प्रवेश गरेका हुन् ।
आइतबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा विषम राई र ध्रुव दाहालको टिमलाई प्रमिससिंह ठकुरीको टिमाले पराजित गरेको थियो भने चाणक्य पाठक र नवीन सिलवालको टिमलाई सुदेन राई र प्रकाश राईको टिमले पराजित गरेको थियो ।

भेट्रानतर्फ इन्द्रजीत मुखिया र राजकुमार घिमिरेलाई पराजित गर्दै देउकुमार राई र गंगा फेदापेले फाइनलको यात्रा तय गरेका छन् । त्यस्तै, कुलदीप चौधरी र रुद्रबहादुर सारु मगरलाई पराजित गर्दै सञ्जय भक्तराज र कुमारगिरी फाइनलमा प्रवेश गरेको आयोजक समितिका अध्यक्ष शैलेन्द्रकुमार कन्दङ्वाले जानकारी दिए ।

बिर्ता ब्याडमिटन क्लबको कबडहलमा भइरहेको प्रतियोगिताका खुला डबलका विजेताले नगद २० हजार, उपविजेताले नगद १५ हजार र तेस्रो हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै, भेट्रान डबलका विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer