२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ब्याडमिन्टनको उपाधि सुदेन–प्रकाश र सञ्जय–कुमारको जोडीलाई


बिर्तामोड । झापाको बिर्तामोडमा सोमबार सम्पन्न जिल्लास्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुदेन राई र प्रकाश राईको जोडी तथा सञ्जय भक्तराज र कुमार गिरीको जोडीले जितेको छ ।

लायन्स क्लब अफ अनारमनीको आयोजनामा भएको जिल्लास्तरीय प्रतियोगिताको खुला डबलतर्फ प्रमिससिंह ठकुरी र महेन्द्र श्रेष्ठको जोडीलाई हराउँदै सुदेन राई र प्रकाश राईको जोडीले उपाधि पक्का गरेको हो । उनीहरुले नगद २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद १५ हजार, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै, भेट्रान डबलतर्फ देउकुमार राई र गंगा फेदापेको जोडीलाई हराउँदै सञ्जय भक्तराज र कुमार गिरीको जोडीले उपाधि जित्यो । उनीहरुले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाए ।
प्रतियोगिता बिर्ता ब्याडमिटन क्लबको कबडहलमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer