२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चुनावी दौडाहमा प्रधान टोली


भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघमा सरकारसँग सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नसक्ने नेतृत्वको आवश्यकता रहेको झापाका उद्योगी–व्यवसायीले चाहना राखेका छन् ।
महासंघमा नयाँ कार्यसमिति चयनका लागि चुनावी चहलपहल तीव्र बन्दै गएको बेला झापाली उद्योगी–व्यवसायीले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

चैत अन्तिममा हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका किशोर प्रधानलगायतको उम्मेदवारहरुको टोलीसँग सोमबार झापा उद्योग वाणिज्य संघमा छलफल गर्दै झापाली उद्योगी–व्यवसायीले अहिले पनि उद्योग–व्यवसायमैत्री वातावरण बन्न नसकेकोले महासंघको नेतृत्वले आवाज उठाउनुपर्ने बताएका थिए ।

छलफलमा झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले नेतृत्वमा जो पुगे पनि त्यो नेतृत्वले साना तथा मझौला उद्योगी–व्यवसायीको हितमा काम गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले सुखी नेपाली, समृद्ध नेपालको राम्रो अवधारणा ल्याएको भए पनि निजी क्षेत्रसँग सहकार्य नगरी त्यो अवधारणा कार्यान्वय कठिन हुने बताउँदै सरकारलाई पनि आर्थिक समृद्धिका लागि दिशाबोध गर्नसक्ने नेतृत्व महासंघमा चाहिएको उल्लेख गरे ।

संघका विशिष्ट सदस्य अजय साहेवालाले उद्योगी–व्यवसायीलाई हेर्ने राज्यको दृष्टिकोण आजसम्म नबदलिएको भन्दै सरकारले उद्योग–वाणिज्य क्षेत्रलाई सहयात्रीको रुपमा हेर्नुपर्ने बताए । साहेवालाले महासंघले पनि काठमाडौँका उद्योगी–व्यवसायीको अनुकूलतालाई मात्र नहेरी देशभरका साना तथा मझौला उद्योगी–व्यवसायीहरुको व्यावहारिकतालाई हेरेर नीति निर्माण तहमा सरकारलाई घच्घच्याउनस पर्ने बताए । सहभागी उद्योगी–व्यवसायीले तीनै तहका सरकारले आ–आफ्नो ढंगले कर लगाएर र अन्य विभिन्न कारणले व्यवसायीलाई मारमा पारेको बताएका थिए ।

महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अहिलेका जिल्ला÷नगर उद्योग वाणिज्यतर्फका उपाध्यक्ष प्रधानले आफू सधैँ साना तथा मझौला उद्योगी–व्यवसायीको पक्षमा उभिएको बताउँदै झापाली उद्योगी–व्यवसायीको धारणाप्रति समर्थन जनाएका थिए ।
प्रधानसँगै उपाध्यक्षका उम्मेदवार अहिलेका महासंघको प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, कोमलसुन्दर श्रेष्ठ, दुर्गाराज श्रेष्ठ, रमानाथ श्रेष्ठ, कृष्णप्रसाद अवाल, दिलसुन्दर श्रेष्ठ झापा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer