२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडसामु युके निरीह


बिर्तामोड । बुधबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा बिर्तामोड भेट्रान्सले युके एफसीलाई ४–१ अन्तरले हराएको छ ।

खेल अवधिभर बिर्तामोडले युकेलाई नियन्त्रणमा राखेको थियो । खेलको नवौँ मिनेटमा बिर्तामोडका नगेन लिम्बूले सुरुवाती गोल गरेका थिए । उनले विपक्षी गोल किप्पर बिट भएको अवस्थामा पेनाल्टी एरिया नजिकबाट भली गोल गरेका थिए ।

खेलको २३ औँ मिनेटमा प्रवेश कटवालले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । कटवल लिग विजेता मच्छिन्द्र क्लबका मुख्य प्रशिक्षक हुन् । खेलको ६७ औँ मिनेटमा बिर्तामोडका गणेश कन्दङवाले तेस्रो गोल गरेका थिए । त्यस्तै, ७० औँ मिनेटमा बिर्तामोडका सचिन्द्र धिमालको चौथो गोल मैत्रीपूर्ण खेलको अन्तिम गोल बन्यो ।

आयोजकका अगाडि युके एफसी निरीह बनेको थियो । उसले एक मात्र सान्त्वाना गोल फर्कायो । खेलको ३८ औँ मिनेटमा युकेका चन्द्र गुरुङले गोल गरेका थिए । खेलअघि दुवै टिमका कप्तानले एकअर्काको मायाको चिनो साट्दै आपसी सद्भावको सन्देश दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer