२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाले इटलीमा एकै दिन ३६८ जनाको मृत्यु


झापा, चैत ३ । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकै दिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा कोरोनाले एकै दिनमा भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

बिबिसीका अनुसार इटलीमा आइतबार ३ सय ६८ कोरोना संक्रमतिको ज्यान गएको छ । योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । आइतबारै ३ हजार ५ सय ९० नयाँ बिरामी थपिएका छन् । यहाँको कुल कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ४७ छ ।

युरोपेली युनियनमा आबद्ध अर्को मुलुक स्पेनमा पनि एकै दिन ९७ मानिसको मृत्यु भएको छ । हालसम्म १ हजार ४ सय ५४ को ज्यान गइसकेको स्पेनमा कुल संक्रमित संख्या ७ हजार ८ सय ४५ छ ।

फ्रान्समा पनि कारोनाको संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । बिबिसीका अनुसार, फ्रान्समा आइतबार ३६ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २७ पुगेको छ ।

चीन उद्गम भएर फैलिएको कारोना भाइरस चीनमा नियन्त्रणउन्मुख देखिएको छ । तर, युरोपेली मुलुकहरूमा सरेको छ ।

चीनपछि पछिल्लो समय कोरोनाभाइरसबाट युरोपेली मुलुकहरू आक्रान्त बनिरहेका छन् । यसको रोकथामका लागि उनीहरूले कडा उपायहरू अपनाइरहेका छन् । यसैअन्तर्गत जर्मनीले फ्रान्स, स्विटजरल्यान्ड, अस्ट्रिया, डेनमार्क र लक्जेम्बर्गसँगका आफ्ना सीमानाकाहरूमा थप कडाइ गर्ने भएको छ भने पोर्चुगलले पनि स्पेनसँगको आफ्नो सीमा थप कडाइ गर्ने भएको छ ।

कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै हाल युरोपभरका विद्यालयहरू बन्द गरिएका छन् । यस्तै अस्ट्रियाले पाँचभन्दा बढी व्यक्तीहरूलाई एकसाथ जमघट गर्न रोक लगाएको छ ।
कोरोनाभाइरसको सम्बन्धी पछिल्लो विश्व विवरणअनुसार संसारभर कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६२ हजार ६ सय ८७ पुगेको छ, जसमा आधा संख्या चीनको (८१,००३) को रहेको छ भने ६ हजार ६५ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer