२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आइपिएस अध्यक्षमा सन्तोष


बिर्तामोड, चैत ४ । बिर्तामोडमा रहेका निर्जीवन बीमा कम्पनीका प्रतिनिधिहरुले सन्तोष उप्रेतीको अध्यक्षतामा पेशागत बिमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी–आइपिएस) गठन गरेका छन् । उनी प्रिमियर इन्स्युरेन्स कम्पनी नेपाल लिमिटेडका प्रदेश प्रमुख हुन् ।

संघको उपाध्यक्षमा द्रोणराज भट्टराई (राजेश), सचिवमा चन्द्रप्रकाश बाँस्कोटा, सहसचिव चन्द्र श्रेष्ठ (सुमन) र कोषाध्यक्षमा गणेश मगर छन् । त्यस्तै, सदस्यहरुमा दिपक पोखरेल, प्रशान्त राजवंशी, नरेश पोखरेल, सुशील थापा, दिपेन्द्र चम्लागाईं, सुमन पोद्दार र विपिन थापा छन् । बीमा कम्पनीमा कार्यरत कर्मचारहरुको हकहित र समाज सेवाजता कार्य गर्ने उद्देश्यसाथ संघ गठन गरिएको अध्यक्ष उप्रेतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer