२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एन्फा निर्णयमा नेम्वाङको असहमति


अग्रभागमा नेम्वाङ र शेर्पा ।

झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले गत माघ २९ गते बसेको कार्यसमितिको बैठकले गरेको विभिन्न निर्णयमा आफ्नो असहमति रहेको भन्दै मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र बुझाएका छन् । योसँगै एन्फाभित्रको आन्तरिक विवाद औपचारिक रुपमै छताछुल्ल भएको छ ।

नोट अफ डिसेन्ट लेख्न नमिलेपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव तुलाधरले लिखित असहमति गर्न दिएको सल्लाहअनुसार आफूले पत्र बुझाएको वरिष्ठ उपाध्यक्ष नेम्वाङले जनाएका छन् । उनीसँगै कार्यसमितिका सदस्य दावा लामाले पनि अलग्गै असहमति पत्र बुझाएका छन् ।

२७ नम्बर निर्णयबाहेक उनीहरु दुवैको व्यहोरा एकै किसिमको रहेको छ । सदस्य लामाले २७ नम्बरलाई भने आफ्नो असहमतिमा समेटेका छैनन् । झन्डै दुई वर्षअघि शेर्पाको नेतृत्वमा नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै दावा लामा पनि सर्वाधिक मत ल्याएर सदस्यमा निर्वाचित भएका थिए ।

सुरुवातका केही समय ठिकठाकैको सम्बन्ध रहे पनि शेर्पा र नेम्वाङबीच पछिल्लो एक वर्षदेखि विवाद बढ्दै गइरहेको थियो । यद्यपि, लिखित रुपमै असहमति दर्ता गराएको भनेको यो पहिलोपटक हो ।

पूर्वअध्यक्ष गणेश थापाविरुद्ध आन्दोलनका लागि शेर्पा र नेम्वाङ लामो समय एकसाथ उभिएका थिए । विधिअनुरुप आपूmले नोट अफ डिसेन्ट लेख्न नपाएकोले अध्यक्ष र महासचिवकै सल्लाहअनुसार असहमति दर्ता गराएको नेम्वाङले बताए ।

Comments are closed

Adv footer