२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना भाइरस : चीनमा भन्दा इटलीमा बढी मृत्यु


झापा । कोरोना भाइरस (कोभिड १९ ) का कारण इटलीमा मृत्यु हुनेको संख्या ३ हजार ४०५ पुगेको अधिकारीहरूले जनाएका छन् । यो कोरोना संक्रमण सुरु भएको देश चीनको भन्दा बढी हो । चीनमा अहिलेसम्म ३ हजार २४५ जनाको ज्यान गएको बताइएको छ ।

इटालीमा ५ हजार ३२२ नयाँ संक्रमित फेला परेका छन् । योसँगै इटालीमा संक्रमितको संख्या ४१ हजार ३५ पुगेको छ । ४ हजार ४४० जना उपचारपछि निको भएका छन् । इटालीमा कोरोना भाइरस (कोभिड १९ )को प्रकोप दिनदिनै बढ्दै गएको छ । इटालीमा कोरोनाका कारण एकै दिनमा ४२७ जनाको मृत्यु भएको छ । यो तथ्यांक अहिलेसम्म कोरोनाका कारण मृत्यु हुने बिरामीहरूको संख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी हो ।

मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई बाहिर निस्कन लगाइएको प्रतिबन्ध अब मार्चको अन्त्यसम्म नै लागु गरिने भनिएको छ । लगभग पूरै इटलीका मानिसहरूलाई घरभित्रै बस्न आदेश दिइएको छ । इटलीका सबै व्यापार व्यवसायहरू बन्द गरिएका छन् भने त्यहाँ मार्च १२ देखि नै देशैभरि सार्वजनिक भेलाहरू निषेध गरिएका छन् ।

विश्वभरि कोरोनाबाट २ लाख ४४ हजार ९७३ जना संक्रमित भइसकेका छन् । १० हजार ३३ जनाको मानिसको मृत्यु भइसकेको छ । ८७ हजार ४०८ जना उपचारपछि निको भएर फर्किएका छन् । चीनले बिहीबार पहिलोपटक कुनै पनि नयाँ संक्रमणका बिरामी नभेटिएको जनाएको छ । तर बाहिरबाट चीन भित्रिने ३४ जनामा संक्रमण पाइएको थियो । तस्बिरः एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer