२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

साँझसम्म आज कोरोनाबाट ७३० को मृत्यु


झापा, चैत १२ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण बुधबार विश्वभर ७ सयभन्दा बढीको मृत्यु भएको छ भने साढे १२ हजारभन्दा बढी नयाँ बिरामी थपिएका छन्।

बुधबार अपरान्ह ५ बजेसम्म विश्वभर ७ सय ३० जनाको मृत्यु भएको छ। बुधबार नै १२ हजार ८ सय १४ जनाँ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। बुधबार सबैभन्दा बढी मानिसको मृत्यु स्पेनमा भएको छ भने बढी नयाँ बिरामी पनि स्पेनमा नै देखिएका छन्।

स्पेनमा बुधबार कोरोना भाइरसको कारण ४ सय ४३ जनाको मृत्यु भएको छ। बुधबार नै स्पेनमा ५ हजार ५ सय ५२ जना नयाँ संक्रमित थपिएका छन्।

चीनमा बुधबार कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने थप ४७ जनामा कोरोना भाइरस देखिएको छ। अमेरिकामा बुधबार यो भाइरसको कारण ४ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकामा बुधबार ८७ जना नयाँ बिरामी थपिएका छन्।

जर्मनीमा बुधबार १ हजार १८ जनामा कोरोना भाइरस देखिएको छ भने १३ जनाको मृत्यु भइसकेको छ। इरानमा १ सय ४३ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। यस्तै, इरानमा बुधबार २ हजार २ सय ६ जना नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन्।

स्वीट्जरल्याण्डमा बुधबार ५ सय ७९ जना नयाँ बिरामी थपिएका छन् २३ जनाको मृत्यु भइसकेको छ। दक्षिण कोरियामा नयाँ एक सय जनामा कोरोना भाइरस देखिएको छ। दक्षिण कोरियामा ६ जनाको बुधबार मृत्यु भएको छ।

बेल्जियममा बुधबार कोरोना भाइरसका कारण ५६ जनाको मृत्यु भइसकेको छ भने नयाँ ६ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। इजरायलमा बुधबार २ जनाले ज्यान गुमाएका छन् भने थप २ सय ४० जनामा कोरोनाको संक्रमण देखिएको छ।

मलेसियामा बुधबार थप १ सय ७२ जनाको कोरोना भाइरस देखिएको छ भने ३ जनाको मृत्यु भएको छ। डेनमार्कमा थप १ सय २४ जनामा यो भाइरस देखिएको छ। दक्षिण एसियाली राष्ट्र पाकिस्तानमा २८ र भारतमा २६ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन्। नेपालमा पनि बुधबार कोरोना भाइरसका एक जना बिरामी थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer