२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा सामाजिक दूरी कायम (फोटो फिचर)


बिर्तामोड, चैत १३ । झापाको बिर्तामोडमा कोरोना भाइरसको संक्रमण कम गर्न सामाजिक दूरी कायम गर्न सुरु गरिएको छ । बिहीबार बिर्तामोडका केही औषधि पसल तथा तरकारी पसलले निश्चित दूरी कायम गरेका छन् ।

मानिस मानिसबीचको नजिकको सम्पर्कबाट सङ्क्रमण फैलिने कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि दूरी कायम गरिएको प्रदिप फार्मेसीका सञ्चालक प्रदिप खरेलले जानकारी दिए ।

लक डाउनको अवस्थामा पनि खुला रहने औषधि तथा अत्यावश्यक दैनिक उपभोग्य वस्तु र तरकारीका पसलमा लाग्ने सेवाग्रहीको भीड कम गर्न र मानिस मानिसबीच निश्चित दूरी कायम गर्न झापामा व्यवसायीहरुले नयाँ उपाय अपनाएका हुन् । स्थानीय प्रशासनको समन्वय र सहयोगमा झापाको बिर्तामोडमा त्यस्ता पसलमा आउने ग्राहकबीच दूरी कायम गर्न एक मिटरभन्दा बढीको दूरीमा भुइँमा गोलाकार चिन्ह बनाइएको छ ।

ग्राहकले पालैपालो त्यही गोलाकार चिन्हभित्र उभिएर आवश्यक सामग्री खरिद गर्नेछन् । चेम्बर अफ कमर्स झापाको अग्रसरतामा अपनाइएको उक्त उपाय प्रभावकारी हुने देखिएको चेम्बर अफ कमर्स झापाका पूर्वअध्यक्ष एवम् किराना व्यवसायी सन्तोष अग्रवालले बताए । उनले यो उपाय सबै बजारमा सबै अत्यावश्यक व्यवसायका सबै प्रतिष्ठानले अवलम्बन गरे कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer