२०८२ जेठ २० मंगलबार
Jhapa Today
Adv top

बिएन्डसी अस्पताल राज्यलाई दिने घोषणा


बिर्तामोड, चैत १४ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो अस्पताल राज्यलाई दिने घोषणा गरेका छन् ।

सो अस्पतालमा २५ बेडको भेन्टिलेटर, १ सय बेडको आइसियु, ८ सय नर्मल बेड, १०५ जना डाक्टर, ९०० जना स्वास्थ्यकर्मी कर्मचारी रहेका छन् । कोरोना भाइरसको महामारी फैलिँदै गएको र सरकारी अस्पतालले मात्र संक्रमितको परीक्षण र उपचार गर्न सम्भव नदेखिएपछि प्रसाईंले यस्तो निर्णय गरेका हुन् ।

अस्पतालले सरकारसँग पटकपटक जाँच र उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु किट्स, पिपिइ सेट, एन ९५ मास्क माग गरे पनि उपलब्ध गराउन नसकेको प्रसाईंले शुक्रबार विज्ञप्ति निकालेर जनाएका छन् । नेपालकै नमुना, अत्याधुनिक तथा सुविधासम्पन्न सो अस्पताल चार वर्षयता मेडिकल कलेजको सम्बन्धनको पर्खाइमा छ ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल