२०८२ जेठ २० मंगलबार
Jhapa Today
Adv top

विदेशबाट आएकाको सूचना दिन झापाका एसपीको आग्रह


बिर्तामोड, चैत १६ । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले टोल सुधार तथा विकास समिति र स्थानीयबासीले विदेशबाट आएका नागरिकको सूचना प्रहरीलाई नदिएकोप्रति गुनासो गरेका छन् ।

आइतबार बिहान ०६ः४६ बजे सामाजिक सञ्जाल फेसबुकममा स्टाटस लेख्दै उनले स्थानीय टोल सुधार समिति, टोल विकास समिति र स्थानीय बासिन्दाले विदेशबाट आएका व्यक्तिको बारेमा सूचना नदिएको आपत्ति जनाएका छन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न र अन्य व्यक्तिमा संक्रमण हुन नदिने उपायका रुपमा लिइएको विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने विधिमा स्थानीयबाट सहयोग नपाएको उनको स्टाटसमा उल्लेख छ ।

उनले सबै काम प्रहरीबाट सम्भव नहुने पनि उल्लेख गरेका छन् । स्टाटसमा उनले भनेका छन्, ‘प्रहरीले सक्नेभन्दा बढी काम गरिरहेको छ । टोलमा हामी आफैँ निगरानी गर्दैछौँ भन्ने फोन पाउँ । टोल सुधार समिति आफ्नो टोल निगरानी गर ।’

नेपाल लक डाउनका समयमा प्रहरीलाई गुनासो नगर्न पनि उनले आग्रह गरेका छन् । उनले स्टाटसमा भनेका छन्, ‘हरियो सब्जी किन्न गएकालाई प्रहरीले किन खेदाएको भन्ने होइन, २–४ दिन जाउलो मात्र खाएर पनि बाँचिन्छ ।’

त्यस्तै, उनले आइतबार बिहान ०२ः०६ बजे लेखेको स्टाटसमा प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नो गाउँ टोलमा बिगत १५ दिनयता भारत तथा अन्य मुलुकबाट कोही आउनु भएको जानकारी भए कृपया जिल्ला प्रहरी कार्यालय झापाको ९८५२६९००४९ वा १०० मा जानकारी गराउन अनुरोध । अज्ञानता, मुर्खता वा लापरबाही गरी अझै पनि केही व्यक्ति गाउँ समाजमा डुलिहिँडेको फेला पारिएको छ । खोजी कार्यमा सहयोग गरी रोग नियन्त्रमा लागि परौँ ।’

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल