२०८२ जेठ २० मंगलबार
Jhapa Today
Adv top

नील डेविडले फ्रेन्चाइजी फि पनि नलिने


बिर्तामोड, चैत १६ । नेपालका चर्चिच सेलिब्रेटी हेयरस्टाइलिस नील डेविड कटवालले कोरोना भाइरसको बढ्दो त्रासबाट जोगिन सरकारले गरेको लक डाउनसँगै विभिन्न परोपकारी घोषणा गरिरहेका छन् ।

यसपटक उनले आफ्ना ६५ भन्दा बढी फ्रेन्चाइजहरुका लागि परोपकारी कार्य गरेका छन् । एउटा विज्ञप्ति जारी गर्दै नीलडेविडले भनेका छन्, ‘मैले नेपाल तथा भारतमा सञ्चालित नील डेविड्स फ्रेन्चाइजी ब्रान्ड चलाउनु हुने सबै फ्रेन्चाइजी सञ्चालकहरुका लागि मार्च र अप्रिल दुई महिनाको फ्रेन्चाइजी फि नलिने घोषणा गरेको छु ।’

उनले भनेका छन्, ‘नेपाल र भारतमा गरी करिब ६५ भन्दा बढी फ्रेन्जाइजी सलूनहरुको फ्रेन्चाइजी फि नलिने घोषणासहित कोभिड–१९ का यो मुस्किल घडीमा मैले मेरो फ्रेन्चाइजी सञ्चालकहरुलाई मेरो जीवनको महत्वपूर्ण अंग सम्झेको छु ।’

यसअघि, कटवाल परिवारले झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर बजारका दुईवटा भवनमा रहेको २२ वटा सटरमा व्यापार गर्ने व्यापारीलाई चैत महिनाको सटर भाडा नलिने घोषणा गरेका थिए । आमा समाजसेवी तुलसा कटवाल, नील डेविड कटवाल र भाइ राजनले एक महिनाको भाडा मिनाह गर्ने घोषणा गरेका थिए ।

त्यस्तै, पत्नी सुष्मा कार्की कटवाल र छोरो डेनियल डेविड कटवालले आफ्नो नाममा लक्ष्मीपुर चोकमा रहेको ६ वटा सटरमा व्यापार गर्ने व्यापारीलाई चैत महिनाको सटर भाडा नलिने घोषणा गरेका थिए । आफूहरुले दुई लाखभन्दा बढीको रकम मिनाह गरेको कटवालले जानकारी दिए ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल