२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट निधन हुनेको संख्या ४७ हजार नाघ्यो


संक्रमितको संख्या पुग्यो ९ लाख ३४ हजार ४६४

बिर्तामोड, चैत २० । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ४७ हजार १७५ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार विश्वभर ९ लाख ३४ हजार ४६४ जना कोरोना संक्रमित पुगेका छन् ।

९ लाख ३४ हजार ४६४ जना कोरोना संक्रमितमध्ये दुई लाख ४१ हजार १४१ जनाको रिजल्ट बाहिर आएको छ । अर्थात, एक लाख ९३ हजार ९६६ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी ४७ हजार १७५ जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक छ लाख ९३ हजार ३२३ जनामध्ये पाँच प्रतिशत अर्थात ३५ हजार ४७५ जनाको अवस्था दयनीय छ । बाँकी छ लाख ५७ हजार ८४८ जनाको उपचार र अवस्था स्थीर छ ।

कारोना भाइरसबाट सबैभन्दा बढी निधन इटलीमा भएको डब्ल्युएचओले जनाएको छ । इटलीमा १३ हजार १५५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, सबैभन्दा बढी संक्रमित अमेरिकामा पुगका छन् । अमेरिकामा २ लाख १४ हजार ४८२ जना संक्रमित छन् ।

विश्वका २०२ मुलुकमा फलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७६ हजार १०९ जनामा देखिएको छ भने ७ हजार ८३ जनाको निधन भएको डब्ल्युएचओले जनाएको छ । चीनमा भने संक्रमित र ज्यान जानेको संख्या यो अवधिमा शून्य छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनले केही दिनमा विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या १० लाख नाघ्ने र ५० हजारको मृत्यु हुने दाबी गरेको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा यस्तो आँकडा सार्वजनिक गरेको हो । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer