२०८२ जेठ २१ बुधबार
Jhapa Today
Adv top

कोरोनाबाट निधन हुनेको संख्या ५३ हजार पुग्यो


संक्रमितको संख्या १० लाखभन्दा बढी

बिर्तामाड, चैत २१ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ५२ हजार ९८२ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार विश्वभर १० लाख १४ हजार २९६ जना कोरोना संक्रमित पुगेका छन् ।

१० लाख १४ हजार २९६ जना कोरोना संक्रमितमध्ये दुई लाख ६५ हजार जनाको रिजल्ट बाहिर आएको छ । अर्थात, २ लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी ५२ हजार ९८२ जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक ७ लाख ४९ हजार २९६ जनामध्ये पाँच प्रतिशत अर्थात ३७ हजार ६९८ जनाको अवस्था दयनीय छ । बाँकी ७ लाख ११ हजार ५९८ जनाको उपचार र अवस्था स्थीर छ ।

कारोना भाइरसबाट सबैभन्दा बढी निधन इटलीमा भएको डब्ल्युएचओले जनाएको छ । इटलीमा १३ हजार १९५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, सबैभन्दा बढी संक्रमित अमेरिकामा पुगका छन् । अमेरिकामा २ लाख ४४ हजार २३० जना संक्रमित छन् ।

विश्वका २०४ मुलुकमा फलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७९ हजार १०० जनामा देखिएको छ भने ५ हजार ८०७ जनाको निधन भएको डब्ल्युएचओले जनाएको छ । नेपालमा भने संक्रमितको संख्या ६ पुगेको छ भने एकजना निका भएर घर फर्किएका छन् ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल