२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट निधन हुनेको संख्या ६५ हजारनजिक


संक्रमितको संख्या १२ लाखभन्दा बढी

बिर्तामाड, चैत २३ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ६४ हजार ६७८ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार विश्वभर १२ लाख १ हजार ४७३ जना कोरोना संक्रमित पुगेका छन् ।

१२ लाख १ हजार ४७३ जना कोरोना संक्रमितमध्ये ३ लाख ११ हजार ६१ जनाको रिजल्ट बाहिर आएको छ । अर्थात, २ लाख ४६ हजार ३८३ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी ६४ हजार ६७८ जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक ८ लाख ९० हजार ४१२ जनामध्ये पाँच प्रतिशत अर्थात ४२ हजार २२८ जनाको अवस्था दयनीय छ । बाँकी ८ लाख ४८ हजार १२४ जनाको उपचार र अवस्था स्थीर छ ।

कारोना भाइरसबाट सबैभन्दा बढी निधन इटलीमा भइरहेको डब्ल्युएचओले जनाएको छ । इटलीमा ज्यान गुमाउनेको संख्या १५ हजार ३६२ पुगेको छ । त्यसपछि स्पेनमा ११ हजार ९४७, अमेरिकामा ८ हजार ४५२, फ्रान्समा ७ हजार ५६०, बेलायतमा ४ हजार ३१३, इरानमा ३ हजार ४५२ र चीनमा ३ हजार ३२९ जनामो निधन भइसकेको छ ।

त्यस्तै, सबैभन्दा बढी संक्रमित अमेरिकामा पुगका छन् । अमेरिकामा ३ लाख ११ हजार ३५७ जना संक्रमित छन् । त्यसपछि स्पेनमा एक २६ हजार १६८, इटलीमा एक लाख २४ हजार ६३२, जर्मनीमा ९६ हजार ९२, फ्रान्समा ८९ हजार ९५३ र चीनमा ८१ हजार ६६९ जना संक्रमित पुगेका छन् ।

विश्वका २०५ मुलुकमा फलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ८४ हजार ८११ जनामा देखिएको छ भने ५ हजार ५०४ जनाको निधन भएको डब्ल्युएचओले जनाएको छ । नेपालमा भने संक्रमितको संख्या ९ पुगेको छ । एकजना निको भएर घर फर्किएका छन् । बिहान (०७:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer