२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

संसरभर कोरोनाबाट निधन हुनेको संख्या ७५ हजारनजिक


संक्रमितको संख्या साढे १३ लाख पुग्न लाग्यो


बिर्तामाड, चैत २५ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ७४ हजार ६३५ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार विश्वभर १३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमित पुगेका छन् ।

१३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमितमध्ये ३ लाख ५२ हजार ९६५ जनाको रिजल्ट बाहिर आएको छ । अर्थात, २ लाख ७८ हजार ३३० जना उपचारपछि घर फर्किएका छन् भने बाँकी ७४ हजार ६३५ जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक ९ लाख ९१ हजार ८९४ जनामध्ये पाँच प्रतिशत अर्थात ४७ हजार ५१७ जनाको अवस्था दयनीय छ । बाँकी ९ लाख ४४ हजार ३७७ जनाको उपचार र अवस्था स्थीर छ ।

कारोना भाइरसबाट सबैभन्दा बढी निधन इटलीमा भइरहेको डब्ल्युएचओले जनाएको छ । इटलीमा ज्यान गुमाउनेको संख्या १६ हजार ५२३ जना पुगेको छ । त्यसपछि स्पेनमा १३ हजार ३४१, अमेरिकामा १० हजार ८५९, फ्रान्समा ८ हजार ९११, बेलायतमा ५ हजार ३७३, इरानमा ३ हजार ७३९ र चीनमा ३ हजार ३३१ जनाको निधन भइसकेको छ ।

त्यस्तै, सबैभन्दा बढी संक्रमित अमेरिकामा पुगका छन् । अमेरिकामा ३ लाख ६६ हजार ११२ जना संक्रमित छन् । त्यसपछि स्पेनमा एक लाख ३६ हजार ६७५, इटलीमा एक लाख ३२ हजार ५४७, जर्मनीमा एक लाख ३ हजार ३७४, फ्रान्समा ९८ हजार १० र चीनमा ८१ हजार ७०८ जना संक्रमित पुगेका छन् ।

विश्वका २०९ मुलुकमा फलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ९५८ जनामा देखिएको छ भने ५ हजार २०८ जनाको निधन भएको डब्ल्युएचओले जनाएको छ । नेपालमा भने संक्रमितको संख्या ९ पुगेको छ भने एकजना निको भएर घर फर्किएका छन् । नपालमा हालसम्म एक हजार ८९० जनालाई कोरोना संक्रमणको परीक्षण गरिएको छ ।
(बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer