२०८२ जेठ २२ बिहीबार
Jhapa Today
Adv top

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, संक्रमितको संख्या १७ लाख नजिक


बिर्तामाड, चैत २९ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ६६९ पुगको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार विश्वभर १६ लाख ९७ हजार ५२० जना कोरोना संक्रमित पुगेका छन् । संक्रमितमध्ये ४ लाख ७८ हजार ७७८ जनाको केस बन्द गरिएको छ । अर्थात, ३ लाख ७६ हजार १०९ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी एक लाख दुई हजार ६६९ जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक १२ लाख १८ हजार ७४२ जनामध्ये चार प्रतिशत अर्थात ४९ हजार ८३० जनाको अवस्था दयनीय छ । बाँकी ११ लाख ६८ हजार ९१२ जनाको उपचार र अवस्था स्थीर छ ।

कारोना भाइरसबाट सबैभन्दा बढी निधन इटलीमा भइरहेको डब्ल्युएचओले जनाएको छ । इटलीमा ज्यान गुमाउनेको संख्या १८ हजार ८४९ जना पुगेको छ । त्यसपछि अमेरिकामा १८ हजार ७०१ जना मृतक पुगेका छन् ।

संक्रमितको संख्या र मृतकको संख्या हेर्दा इटलीझँै नदेखिए पनि अमेरिकाको न्युयोर्क सहरमा कोरोना संक्रमण डरलाग्दो गरी फैलिइरहेको छ । अमेरिकामा जुन रुपमा कोरोना भाइरस संक्रमण बढिरहेको छ र जुन रुपमा मृत्यु भइरहेको छ त्यसको रफ्तार हेर्दा इटली चाँडै दोस्रो नम्बरमा आउने देखिन्छ । त्यस्तै, स्पेनमा १६ हजार ८१, फ्रान्समा १३ हजार १९७, बेलायतमा ८ हजार ९५८, इरानमा ४ हजार २३२ जनाको मृत्यु भइसकेको छ ।

सुरूमा ठुलो मानवीय क्षति व्यहोरेको चीनले अथक प्रयासपछि संक्रममण नियन्त्रणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको छ । चीनमा ३ हजार ३३६ जनाको निधन भइसकेको छ । तर, दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ २४९ जना संक्रमितको मृत्यु भएको छ । ७ हजार ६०० संक्रमित पहिचान भएको छ ।

त्यस्तै, सबैभन्दा बढी संक्रमित अमेरिकामा पुगका छन् । अमेरिकामा ५ लाख २ हजार ३६ जना संक्रमित छन् । त्यसपछि स्पेनमा एक लाख ५८ हजार २७३, इटलीमा एक लाख ४७ हजार ५७७, फ्रान्समा १ लाख २४ हजार ८६९, जर्मनीमा एक लाख २२ हजार १७१ र चीनमा ८१ हजार ९०७ जना संक्रमित पुगेका छन् ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ९३ हजार ८२६ जनामा देखिएको छ भने ६ हजार ९८५ जनाको निधन भएको डब्ल्युएचओले जनाएको छ ।
नेपालमा संक्रमितको संख्या ९ पुगेको छ भने एकजना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ३ हजार ५२५ जनालाई कोरोना संक्रमणको परीक्षण गरिएको छ ।
(बिहान ०६:० बजेसम्मको अपडेट)

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल