२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा होम क्वारेन्टाइनमा १०४१ जना


-हिमाल खरेल

बिर्तामाड, चैत २९ । झापामा हालसम्म होम क्वारेन्टाइनमा (घरमै एकान्तबास बस्ने) को संख्या एक हजार ४१ जना पुगेको छ । १५ वटै स्थानीय तहमा कोरोना संक्रमणको आशंकामा उनीहरु होम क्वारेन्टाइनमा बसेका हुन् ।

झापामा सबैभन्दा मेचीनगर नगरपालिकामा २७६ जना र सबैभन्दा कम गौरीगञ्ज गाउँपालिकामा १३ जना होम क्वारेन्टाइनमा छन् । मेचीनगरमा २२६ जना पुरुष र ४६ जना महिला छन् भने गौरीगञ्जमा १० जना पुरुष र तीनजना महिला छन् ।

त्यस्तै, दमकमा ९४ पुरुष र २९ महिला गरी १२३ जना, अर्जुनधारामा ८८ पुरुष र १९ महिला गरी १०७ जना, बुद्धशान्तिमा ८४ पुरुष र ११ महिला गरी ९५ जना, कमलमा ६५ पुरुष र ९ जना महिला गरी ७४ जना, हल्दिबारीमा ६६ पुरुष र ६ महिला गरी ७२ जना, बिर्तामोडमा ५० पुरुष र १२ महिला गरी ६२ जना होम क्वारेन्टाइनमा रहेको जिल्ला समन्वय समिति झापाले जनाएको छ ।

कनकाईमा ३८ पुरुष र ८ महिला गरी ४६ जना, शिवसताक्षीमा ३१ पुरुष र ७ महिला गरी ३८ जना, बाह्रदशीमा २८ पुरुष र ६ महिला गरी ३४ जना, झापामा २० पुरुष र १३ महिला गरी ३३ जना, कचनकवलमा २६ पुरुष र ३ महिला गरी २९ जना, भद्रपुरमा २१ पुरुष र ३ महिला गरी २४ जना र गौरादहमा १३ पुरुष र ६ महिला गरी १९ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

यसैबीच, झापाका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा १७७ जना बसेका छन् । १५३ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् । झापामा २७ वटा क्वारेन्टाइन रहेका छन् । १५ स्थानीय तहमा ७३६ जना बस्न मिल्ने क्वारेन्टाइन क्षमता रहेको छ ।

यसरी क्वारेन्टाइनमा बस्नेहरुमा मेचीनगरमा ७१ जना, कनकाईमा २८ जना, भद्रपुरमा २७ जना, झापामा १७ जना, बाह्रदशीमा ६ जना, शिवसताक्षीमा ६ जना, गौरीगञ्जमा ५ जना, दमकमा ५ जना, अर्जुनधारामा ४ जना, बिर्तामोडमा ३ जना, हल्दिबारीमा ३ जना, कमल र गौरादहमा एकएकजना छन् ।

विभिन्न ३० मुलुकबाट ९९९ जना झापा आएका छन् । झापामा २५ बेड क्षमताको आइसोलेसनको व्यवस्था मेची अञ्चल अस्पतालमा गरिएको छ ।

अब कोरोना भाइरस सङ्क्रमण भए–नभएको जिल्ला जिल्लामा नै जाँच हुने भएको छ । क्वारेन्टाइनमा रहेकाहरुलाई १४ दिन भएपछि घर पठाइँदै आएको छ । तर अबदेखि किट मार्फत कोरोना जाँच गरेर मात्र घर पठाउने जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका १५ वटै पालिकाहरूलाई परिपत्र गरेको छ ।

गृह मन्त्रालयको आदेश अनुसार भन्दै झापाका सबै स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय झापाले परिपत्र गरेको हो । अहिलेसम्म पालिकामा रहेका क्वारेन्टाइन रहेकाहरूलाई बिना जाँच घरमा थप क्वारेन्टाइनमा बस्ने सर्त सहित पठाउँदै आइएको छ । नयाँ परिपत्र जारी भएपछि अब क्वारेन्टाइन रहेकाहरूको जाँच हुनेछ । यसले कोरोना जाँचका लागि धरान पठाउनु पर्ने अवस्थाको पनि अन्त्य हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer