२०८२ जेठ २२ बिहीबार
Jhapa Today
Adv top

कोभिड १९ बाट सबैभन्दा बढी संक्रमित र मृत्यु अमेरिकामा


संसारभर १७ लाख ७८ हजार ४३ जना कोरोना संक्रमित,
एक लाख ८ हजार ७४९ जनाको मृत्यु

-हिमाल खरेल
बिर्तामाड, चैत ३० । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेको संख्या अमेरिकामा पुगेको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वल्र्डओमिटर्स डट इन्फोका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार ५६२ जना पुगेको हो । अमेरिकामा ५ लाख ३२ हजार ९२ जनाभन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र एक हजार ८१५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २९ हजार २१६ जना नयाँ संक्रमित फेला परेका छन् । संसारभर मृत्युको झन्डै एक चौथाइ संक्रमित अमेरिकामा छन् । मृत्युदर अप्रत्यासित रहेको विश्वको महाशक्ति राष्ट्र भनिने अमेरिकामा करिब ११ हजार मानिस अझै गम्भीर अवस्थामा छन् ।

त्यस्तै, विश्वभर १७ लाख ७८ हजार ४३ जना कोरोना संक्रमित पुगेका छन् । एक लाख ८ हजार ७४९ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ५ लाख ११ हजार २४५ जनाको केस बन्द गरिएको छ । अर्थात, ४ लाख २ हजार ४९६ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी एक लाख ८ हजार ७४९ जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक १२ लाख ६६ हजार ७९८ जनामध्ये चार प्रतिशत अर्थात ५० हजार ४२० जनाको अवस्था दयनीय छ । बाँकी १२ लाख १६ हजार ३७८ जनाको उपचार र अवस्था स्थीर छ ।

त्यस्तै, अमेरिकापछि धेरैका मृत्यु इटलीमा भएको छ । इटलीमा १९ हजार ४६८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, स्पेनमा १६ हजार ६०६, फ्रान्समा १३ हजार ८३२, बेलायतमा ९ हजार ८७५, इरानमा ४ हजार ३५७, बेल्जियममा ३ हजार ३४६, जर्मनीमा २ हजार ८७१, नेदरल्यान्ड्समा २ हजार ६४३, ब्राजिलमा १ हजार १४०, टर्कीमा १ हजार १०१ र स्विटजरल्यान्डमा १ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।

बेलायत, बेल्जियम लगायत युरोपियन मुलुकमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको अवस्था भयावह देखिएको छ । सुरूमा ठुलो मानवीय क्षति व्यहोरेको चीनले भने अथक प्रयासपछि संक्रममण नियन्त्रणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको छ ।

चीनमा ३ हजार ३३९ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा चीनमा ३ जनाका मात्र मृत्यु भएको छ भने ४६ जना नयाँ संक्रमित फेला परेका छन् । तर, दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ २८८ जना संक्रमितको मृत्यु भएको छ । ८ हजार ४४६ संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३९ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि स्पेनमा १ लाख ६३ हजार २७, इटलीमा १ लाख ५२ हजार २७१, फ्रान्समा १ लाख २९ हजार ६५४, जर्मनीमा १ लाख २५ हजार ४५२ र चीनमा ८१ हजार ९५३, बलायतमा ७८ हजार ९९१, इरानमा ७० हजार २९ र टर्कीमा ५२ हजार १६७ जना संक्रमित पुगेका छन् ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७९ हजार १६३ जनामा देखिएको छ भने ६ हजार ६२ जनाको निधन भएको छ । नेपालमा संक्रमितको संख्या ९ छ भने एकजना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ४ हजार ४२६ जनालाई कोरोना संक्रमणको परीक्षण गरिएको छ ।
(बिहान ०६: बजेसम्मको अपडेट)

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल