२०८२ जेठ २१ बुधबार
Jhapa Today
Adv top

बिर्तामोडको राहत कोषमा सहाराको १ लाख ७१ हजार


बिर्तामोड, चैत ३० । सामाजिक सेवामुलक कार्यमा अग्रणी सहारा नेपाल साकोस बिर्तामाड—२ चारपानेले बिर्तामोड नगरपालिकाको राहत कोषमा नगद हस्तान्तरण गरेको छ ।

आइतबार संस्थाका सहसचिव ज्ञानुनाथ मैनाली नेतृत्वको साकोस टोलीले कोरोना भाइरस राहत कोषमा नगद एक लाख ७१ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएको रकमले गरिब तथा विपन्नवर्ग तथा विपत्तिमा रहेको सबै नगरबासीलाई खाद्यान्नमा सहयोग पुग्ने सहाराले विश्वास लिएको सञ्चालक सदस्य शंकर रिजालले जानकारी दिए ।

नगरको तर्फबाट नगर प्रमुख धु्रवकुमार सिवाकोटीले बिर्तामोड नगरमा सबैभन्दा बढी रकम जम्मा गरेकोमा सहाराको प्रशंसा गरे । नगरका सहकारी प्रमुख डिल्ली दाहालले सहजीकरण गरेको कार्यक्रममा सहाराका सहयोग समिति संयोजक राम रोक्काले विपन्नलाई नगद सापटीदेखि आफ्नो कार्य क्षेत्रका सबै गाउँपालिका, नगरपालिका र १ नम्बर प्रदेशलाई समेत सहयोग गरिएको जानकारी दिए ।

बिर्तामोडमा संस्थाको केन्द्रीय कार्यालय तथा तीनवटा सेवाकेन्द्र रहेको छ । सदस्य संख्याको जनघनत्व अधिक भएका हिसाबले समेत यो रकम सहयोग गरिएको मैनालीले बताए ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा सञ्चालक सदस्य अर्जुन चुँडाल, सेवाकेन्द्र प्रमुखहरू घनश्याम राय, जगत कर्की, गणेश उप्रेतीलगायतको उपस्थिति रहेको थियो । यसैबीच, संस्थाले आज आइतबार झापाका सबै पालिकाहरूमा सहयोग गरेको छ ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल