
झापा, बैशाख ४ । कोरोना संक्रमण पत्ता लगाउने प्राथमिक विधि भनेर्को यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) हो । तर, यो परीक्षणलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिँदैन । अथवा, यो परीक्षण पुष्टि भएमा पनि कोरोना संक्रमण भएको मानिँदैन ।
कोरोना भाइरसको संक्रमण भएनभएको निक्र्यौल गर्ने विधि भनेको पोलिमरज चेन रिएक्सन (पिसिआर) हो । नेपालमा कुनै व्यक्तिमा कोरोना संक्रमण छछैन भनी पत्ता लगाउने विर्धि यापिड डायग्नोस्टिक टेस्टको विश्वसनीयतामाथि बहस सुरु भएको छ ।
हालसम्म नेपालमा चारवटा यस्तो परीक्षण पोजेटिभ आए पनि कोरोना पुष्टि भएका छैन । फागुन २२ गते बहराइनबाट आएका गोरखा आरुघाटका ३१ वर्षका पुरुष, चैत ७ गते भारतबाट आएकी बाग्लुङकी महिला, सोही मितिमा दुबईबाट आएका अर्का पुरुष, चैत ९ गते भारतबाट आएका काभ्रेका दुई पुरुषका यो टेस्ट पोजेटिभ आयो । तर, पिसिआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ आयो ।
पछिल्लोपटक झापा हल्दिबारीका पुरुषको हकमा पनि यस्तै रिजल्ट बाहिर आयो । विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा स्थापना गरिएको प्रयोगशालाबाट उनको र्याल परीक्षण गर्दा कोरोना नभएको पुष्टि भयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार त्यस्ता बिरामीहरु कुनै समयमा कोभिड–१९ रोगबाट संक्रमित भए पनि अहिले उनीहरु रोग सार्ने अवस्थामा नरहेको भन्ने हो ।
डा. पाण्डेले भनेजस्र्तै यापिड टेष्टमा पोजेटिभ र पीसीआर टेष्टमा नेगेटिभ आएको व्यक्ति कोरोना संक्रमित भएर निको हुने क्रममा रहेको वा भइसकेको हो । र, उनीहरुबाट अहिले कोरोना सर्दैन । त्यसैले उनीहरु घर जान सक्छन् ।
जनस्वास्थ्य विज्ञहरुका अनुसार मानव शरीरमा भाइरस प्रवेश गरेको तीनदेखि पाँचौँ हप्तार्मा यापिड टेष्टमा पोजेटिभ र पिसिआरमा नेगेटिभ देखिन्छ । आनुवंशिक विज्ञ डा. गिरिराज त्रिपाठी भन्छन्, ‘भाइरसलाई निष्क्रिय पार्न शरीरमा उत्पादन भएको एन्टिबडीका कारर्ण यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आउँछ ।’
तर, निरुत्तरित प्रश्न चाहिँ के हो भने यसर्री यापिड टेष्टमा पोजेटिभ र पिसिआर टेस्टमा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई कहिले कोभिड–१९ संक्रमण भएको थियो ? अनि, नेपाल प्रवेश गर्दा कोरोना संक्रमण ट्रान्समिसन हुने अवस्थामा थियो कि थिएन ? नेपाली चिकित्सकहरुसँग यसको ठोस जवाफ छैन ।
डा. समीरमणि दीक्षित भन्छन्, ‘यस्तो केसमा सम्बन्धित व्यक्तिले नेपाल आएर कहाँ, कसलाई भेट्यो भनेर खोज्नुपर्छ र उनीहरुको पनि परीक्षण गर्नुपर्छ ।’ उनीहरुर्को यापिड टेस्टको साटो पिसिआर विधिबाट परीक्षण गर्नु उपयुक्त हुने दीक्षितको राय छ । र्‘यापिड टेस्ट गर्दा पोजेटिभ आयो भने फेरि पिसिआर टेस्टमा जानुपर्ने हुन्छ । र, त्यसमा नेगेटिभ आयो भने के गर्ने भन्ने अन्योल हुन सक्छ’, दीक्षितले भने, ‘त्यसैले सकिन्छ भने सुरुमै पिसिआरबाट टेस्ट गर्न उपयुक्त हुन्छ ।’
ओम अस्पतालमका डा. विश्वनाथ कोइराला भने पिसिआर टेस्टमा नेगेटिभ रिपोर्ट आइसकेपर्छि यापिडको पोजेटिभलाई फल्स प्वाइन्ट मान्न सकिने बताउँछन् । डा. कोइरालाले भने, ‘त्यस्तो बेला सम्पर्कमा आएको कसैमा लक्षण छ भर्ने यापिड टेस्ट गर्नुपर्छ, नभए नगर्दा पनि हुन्छ ।’ तर यस्तो मानिसबाट अरुमा कोरोना संक्रमण ट्रान्समिसन हुन सक्ने सम्भावनालाई नकार्न नसक्ने उनी बताउँछन् ।
त्यसो भए हामीकर्हाँ यापिड टेष्टमा पोजेटिभ र पिसिआर टेस्टमा नेगेटिभ रिपोर्ट आएको व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरेर सम्पर्कमा आएकाहरुको टेस्ट गरिन्छ त ?
इपिडिमियोलोजी महाशाखाका प्रमुख डा. पाण्डेका अनुसार यस्तो केस धेरै आएपछि नजिकको सम्पर्कमा रहेकाहरुको पहिचान गर्न र परीक्षण गर्न निर्देशन दिइएको छ । तर, पिसिआर विधिबाट सम्भव नभएकार्ले यापिड टेस्ट गर्न भनिएको छ ।

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    