२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाका कारण एकै दिन करिब ११ हजारको मृत्यु


मृतकको संख्या एक लाख ४५ हजार नाघ्यो,
संक्रमितको संख्या २१ लाख ८० हजारभन्दा बढी

अमेरिकामा कोरोनाका कारण मृत्यु भएका बिरामीलाई अस्पतालबाट निकालिँदै । तस्वीर:रोयटर्स

-हिमाल खरेल
बिर्तामोड, बैशाख ५ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर पछिल्लो २४ घण्टामा मात्र १० हजार ८७७ जनाको मृत्यु भएको छ । मृतकको संख्या १ लाख ४५ हजार ४१७ जना पुगेको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार २१ लाख ८० हजार ३ जना कोरोना संक्रमित पुगेका छन् । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ९७ हजार ७०७ जनामा देखिएको छ ।

संक्रमितमध्ये ६ लाख ९२ हजार ४६८ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ५ लाख ४६ हजार ७४३ जना उपचारपछि घर फर्किएका छन् । सफल उपचार र निधन भएकाबाहेक १४ लाख ८७ हजार ८४३ जनामध्ये चार प्रतिशत अर्थात ५६ हजार ५७७ जनाको अवस्था दयनीय छ । बाँकी १४ लाख ३१ हजार २६६ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ३४ हजार ५८० जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ६ हजार ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३२ हजार ९९५ जना नयाँ संक्रमित फेला परेका छन् । संसारभर मृत्युको झन्डै एक चौथाइ संक्रमित अमेरिकामा छन् । अमेरिकामा करिब १३ हजार ३६९ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

त्यस्तै, अमेरिकापछि धेरैका मृत्यु इटलीमा भएको छ । इटलीमा २२ हजार १७० जनाको मृत्यु भइसकेको छ । त्यस्तै, स्पेनमा १९ हजार ३१५, फ्रान्समा १७ हजार ९२०, बेलायतमा १३ हजार ७२९, इरानमा ४ हजार ८६९, बेल्जियममा ४ हजार ८५७, जर्मनीमा ४ हजार ५२, नेदरल्यान्ड्समा ३ हजार ३१५, ब्राजिलमा १ हजार ९४७, टर्कीमा १ हजार ६४३, स्विडेनमा १ हजार ३३३ र स्विटजरल्यान्डमा १ हजार २८१ जनाको मृत्यु भइसकेको छ ।

चीनमा ३ हजार ३४२ जनाको निधन भएको छ । पछिल्लो दुई दिनयता चीनमा मृत्यु भएको छैन भने नयाँ संक्रमित ४६ जना फेला परेका छन् । तर, दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ ४४८ जना संक्रमितको मृत्यु भएको छ । १३ हजार ४३० जना संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४३ जनाको मृत्यु भएको छ भने १ हजार ६० जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ६ लाख ७७ हजार ५६ जना संक्रमित पुगेका छन् । त्यसपछि स्पेनमा १ लाख ८४ हजार ९४८, इटलीमा १ लाख ६८ हजार ९४१, फ्रान्समा १ लाख ६५ हजार २७, जर्मनीमा १ लाख ३७ हजार ६९८, बेलायतमा १ लाख ३ हजार ९३, चीनमा ८२ हजार ३४१, इरानमा ७७ हजार ९९५ र टर्कीमा ७४ हजार १९३ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer