२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुने १ लाख ५४ हजार नाघ्यो


संक्रमितको संख्या साढे २२ लाख

-हिमाल खरेल
बिर्तामोड, बैशाख ६ ।
विश्वभर एक लाख ५४ हजार १२६ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ६८ हजार ३४ जनामा देखिएको छ भने ८ हजार ७०९ जनाको निधन भएको छ ।

नेपालमा संक्रमितको संख्या ३० पुगेको छ भने २ जना निको भएर घर फर्किएका छन् । शुक्रबार एकै दिन उदयपुर र चितवनमाट १४ जना संक्रमित थपिएका छन् । उदयपुरको त्रियुगा ३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

त्यसैगरी, राप्ति नगरपालिकाकामा पनि दुईजनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा भेटिएकामध्ये १२ जना पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित क्रमशः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय पुरुष छन् । चितवनको राप्तीमा भेटिएका २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला रहेको बताइएको छ । नेपालमा हालसम्म १५ हजार ८०० जनाको कोरोना संक्रमणको परीक्षण गरिएको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये ७ लाख २४ हजार ९१८ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् । सफल उपचार र निधन भएकाबाहेक १५ लाख २३ हजार ११९ जनामध्ये चार प्रतिशत अर्थात ५६ हजार ९६७ जनाको अवस्था दयनीय छ । बाँकी १४ लाख ६६ हजार १५२ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ३७ हजार १३५ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार ५५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३१ हजार ६३१ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १३ हजार ५०९ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

त्यस्तै, अमेरिकापछि धेरैका मृत्यु इटलीमा भएको छ । इटलीमा २२ हजार ७४५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६२१, बेलायतमा १४ हजार ५७६, बेल्जियममा ५ हजार १६३, इरानमा ४ हजार ९५८, जर्मनीमा ४ हजार ३५२, नेदरल्यान्ड्समा ३ हजार ४५९, ब्राजिलमा २ हजार १४१, टर्कीमा १ हजार ७६९, स्विडेनमा १ हजार ४०० र स्विटजरल्यान्डमा १ हजार ३२७ जनाको मृत्यु भइसकेको छ ।

चीनमा ४ हजार ६३२ जनाको निधन भएको छ । यसअघि नै मृत्यु भएकाको गणना छुटेको पाइएपछि हिजो शुक्रबार तथ्यांक मिलाइएको बताइएको छ । चीनमा मृतकको संख्या १ हजार २९० थप भएको छ । ३२५ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ ४८६ जना संक्रमितको मृत्यु भएको छ । १४ हजार ३५२ जना संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३८ जनाको मृत्यु भएको छ भने ९२२ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ७ लाख ९ हजार २०१ जना संक्रमित पुगेका छन् । त्यसपछि स्पेनमा १ लाख ९० हजार ८३९, इटलीमा १ लाख ७२ हजार ४३४, फ्रान्समा १ लाख ४७ हजार ९६९, जर्मनीमा १ लाख ४१ हजार ३९७, बेलायतमा १ लाख ८ हजार ६९२, चीनमा ८२ हजार ६९२, इरानमा ७९ हजार ४९४ र टर्कीमा ७८ हजार ५४६ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer