२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार


संक्रमितको संख्या २६ लाख ३५ हजारभन्दा बढी

-हिमाल खरेल
बिर्तामोड, बैशाख ११ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ८४ हजार ४१ जनाको मृत्यु भइसकेको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार २६ लाख ३५ हजार १३१ जना कोरोना संक्रमित पुगेका छन् । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७९ हजार ३७१ जनामा देखिएको छ भने ६ हजार ५८२ जनाको निधन भएको छ ।

संक्रमितमध्ये ९ लाख १ हजार ३९८ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, त्यसको ८० प्रतिशत ७ लाख १७ हजार ३५७ जना उपचारपछि घर फर्किएका छन् । बाँकी २० प्रतिशतका मृत्यु भएको छ ।

सफल उपचार र निधन भएकाबाहेक १७ लाख ३३ हजार ७३३ जनामध्ये तीन प्रतिशत अर्थात ५६ हजार ६८० जनाको अवस्था दयनीय छ । बाँकी १६ लाख ७७ हजार ५३ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ४७ हजार ६५९ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार ३४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २९ हजार ९७३ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १४ हजार १६ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख ११ हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हजार ३४०, बेलायतमा १८ हजार १००, बेल्जियममा ६ हजार २६२, जर्मनीमा ५ हजार ३१५, नेदरल्यान्ड्समा ४ हजार ५४, टर्कीमा २ हजार ३७६, स्विडेनमा १ हजार ९३७ र स्विटजरल्यान्डमा १ हजार ५०९ ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ६३ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, इरानमा ५ हजार ३९१, ब्राजिलमा २ हजार ९०६ र क्यानाडामा १ हजार ९७४ जनाको मृत्यु भएको छ । चीनमा ४ हजार ६३२ जनाको निधन भएको छ । पछिल्लो ७ दिनयता चीनमा कोरोनाका कारण मृत्यु भएको छैन । २४ घण्टामा ३० जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ ६८१ जना संक्रमितको मृत्यु भएको छ । २१ हजार ३६० जना संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३६ जनाको मृत्यु भएको छ भने १ हजार २९० जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ८ लाख ४८ हजार ७१७ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ८ हजार ३८९८, इटलीमा १ लाख ८७ हजार ३२७, फ्रान्समा १ लाख ५९ हजार ८७७, जर्मनीमा १ लाख ५० हजार ६४८, बेलायतमा १ लाख ३३ हजार ४९५, टर्कीमा ९८ हजार ६७४, इरानमा ८५ हजार ९९६, चीनमा ८२ हजार ७८८ र रुसमा ५७ हजार ९९९ जना संक्रमित पुगेका छन् ।

नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ भने ७ जना निको भएर घर फर्किएका छन् । ३८ जनाको उपचार भइरहेको छ । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer