२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

वीरगन्जमा थप दुई जनामा कोरोना


वीरगञ्ज, बैशाख १४ । पर्साको वीरगन्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार राष्ट्रिय प्रयोगशालामा भएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो।

उनीहरु दुवै जना ५० वर्षीय पुरुष भएको र उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ।

संक्रमित दुवै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनीहरु दुवैजना वीरगन्ज महानगरपालिका छपकैयाका मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएका व्यक्ति भएको बताइएको छ।

भारतीय संक्रमितको सम्पर्कमा आएका स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुई जनामा पोजिटिभ देखिएको हो। 

Adv footer