२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

पासबिनाका गाडी रोक्न गृहको निर्देशन


बिर्तामोड, बैशाख १५ । गृह मन्त्रालयले सरकारले घोषणा गरेको लक डाउन थप कडाइ गर्न निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै थप कडाइ गर्न निर्देशन दिएको हो ।

गृहले जारी गरेको परिपत्रमा कुनै पनि सवारी साधनलाई सम्बन्धित निकायले जारी गरेको सवारी पासबिना आवतजावत रोक लगाउन भनिएको छ । ’सवारी पास नभएका सवारी पनि चलेको पाइएकाले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई थप कडाइ गर्नु भनेर परिपत्र गरेका हौँ’, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने ।

केही दिनदेखि सडकमा अलपत्र परेका मानिसलाई विभिन्न स्थानीय तहको निर्देशनमा ओसारपसार गरेको पाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २५ गतेसम्मको लागि लकडाउन लम्ब्याएको छ ।

‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा बिनापासका सवारी चलाउन नदिनू भनेर हामीले यसअघि नै परिपत्र गरेको हौँ’, शर्माले भने, ‘लकडाउन खुकुलो भएको गुनासो आएपछि आज फेरि परिपत्र गरेर त्यसलाई सम्झाएका छौँ ।’ गृहको परिपत्रलगत्तै प्रहरीले लक डाउन उल्लंघन गर्नेहरुलाई कारबाही थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer