२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीका सीमित क्षेत्रमा आउजाउमा प्रतिबन्ध


चकचकी बजार । तस्वीर: झापाटुडे

बिर्तामोड, बैशाख १५ । झापाको बाह्रदशी गाउँपालिकाले चारकिल्ला बाँधेर आवतजावतमा प्रतिबन्ध लगाएको छ । वडा नम्बर ४ का ५० वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि आज सोमबारबाट चारकिल्ला बाँधिएको हो ।

बैशाख २५ गतेसम्मका लागि सो क्षेत्रमा आवतजावतमा रोक लगाउने निर्णय भएको सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिए । सोमबार बसेको सर्वदलीय बैठकले प्रभावित क्षेत्रको चार किल्ला बाँध्ने निर्णय गरेको हो ।

चकचकी घर भएका कोरोना संक्रमित दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा झापाबाट सहभागी भएर फर्किएका जमाती हुन् । उनी दिल्लीबाट फर्किएपछि दुईपटक आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो । दुवैपटकको रिपोर्ट आरडिटीमा नेगेटिभ आए पनि निश्चित गर्न स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा उनी पोजेटिभ देखिएका हुन् ।

संक्रमण देखिएपछि गाउँपालिकाले पूर्वमा साविक चकचकी–७ अन्तर्गत कञ्चनगढ राजगढ बाटो, पश्चिममा साविक चकचकी–५ को बिरिङ खोला, उत्तरमा साविक चकचकी–५ को धमला गाउँ र दक्षिणमा साविक चकचकी–१ बिरिङ खोलासम्मको क्षेत्रलाई चारकिल्ला बाँधेर आवतजावतमा रोक लगाएको छ ।

बाह्रदशी –३ को पश्चिममा रहेको राधानगरको बस्तीलाई पनि चारकिल्ला बाँधिएको छ । निषेधित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने सहमति भएको छ । सो समयावधिभरि सर्वसाधारणलाई घरबाट बाहिर नआउन गाउँपालिकाले अपिल गरेको न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer