२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८४ हजारनजिक


बिर्तामोड, बैशाख २९ । विश्वभर २ लाख ८३ हजार ७३४ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४१ लाख ७८ हजार १५४ नाघेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७९ हजार ८७५ जनामा देखिएको छ भने ३ हजार ५१० जनाको निधन भएको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये १७ लाख ७४ हजार १७८ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, १४ लाख ९० हजार ४४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक २४ लाख ३ हजार ९७६ जनामध्ये दुई प्रतिशत अर्थात ४७ हजार ४० जनाको अवस्था दयनीय छ । बाँकी २३ लाख ५६ हजार ९३६ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ८० हजार ७८७ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ७५० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २० हजार ३२९ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १६ हजार ५१४ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख ५२ हजार ७४० जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको बेलायतमा सबैभन्दा धेरै ३१ हजार ८५५, इटालीमा ३० हजार ५६०, स्पेनमा २६ हजार ६२१, फ्रान्समा २६ हजार ३८०, बेल्जियममा ८ हजार ६५६, जर्मनीमा ७ हजार ५६९, नेदरल्यान्ड्समा ५ हजार ४४०, स्विडेनमा ३ हजार २२५, रुसमा १ हजार ९१५, स्विटजरल्यान्डमा १ हजार ८३३, आयरल्यान्डमा १ हजार ४५८ र पोर्चुुगलमा १ हजार १३५ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, ब्राजिलमा ११ हजार १२३, इरानमा ६ हजार ६४०, क्यानाडामा ४ हजार ८७०, टर्कीमा ३ हजार ७८६, मेक्सिकोमा ३ हजार ३५३, इक्वेडरमा २ हजार १२७ र पेरुमा १ हजार ८८९ जनाको मृत्यु भएको छ ।
चीनमा ४ हजार ६३३ जनाको निधन भएको छ । पछिल्लो २३ दिनयता चीनमा एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । २४ घण्टामा १४ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १४ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा अहिलसम्म ६७ हजार १६१ जना संक्रमित पुष्टि भएको छ । २ हजार २१२ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १११ जनाको मृत्यु भएको छ भने ४ हजार ३५३ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १३ लाख ६७ हजार ६७८ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ६४ हजार ६६३, बेलायतमा २ लाख १९ हजार १८३, इटलीमा २ लाख १९ हजार ७०, रुसमा २ लाख ९ हजार ६८८, फ्रान्समा १ लाख ७६ हजार ९७०, जर्मनीमा १ लाख ७१ हजार ८७९, ब्राजिलमा १ लाख ६२ हजार ६९९, टर्कीमा १ लाख ३८ हजार ६५७, इरानमा १ लाख ७ हजार ६०३, चीनमा ८२ हजार ९०१, क्यानाडामा ६८ हजार ८४८, पेरुमा ६७ हजार ३०७ र बेल्जियममा ५३ हजार ८१ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer